



काभ्रे — जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेले शुक्रबार संघको सभा हलमा आ.व. २०८१/०८२ को वार्षिक समीक्षा तथा आ.व. २०८२/०८३ का लागि नीति, योजना, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ।



कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन महासचिव प्रकाश बञ्जाराले गर्नुभएको हो। स्वागत मन्तव्य उपाध्यक्ष शान्ति लामा तामाङले प्रस्तुत गर्नुभयो।

गत आर्थिक वर्षका गतिविधि, क्रियाकलाप तथा वित्तीय विवरणसहितको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षका नीति, योजना, कार्यक्रम तथा बजेट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। यस क्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी मापदण्ड र यसले ल्याउने चुनौतीबारे छलफल गरिनुका साथै, आवश्यक परिमार्जन गरि नियमक निकाय सँग छलफल तथा लभिङ गर्दै जाने बताइएको छ।