नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेले प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईलाई ज्ञापनपत्र बुझाउँदै विद्यालयहरुले विद्यार्थी बोक्ने बसमा बालबालिकाहरुलाई यातना हुने गरी खचाखच गराएको प्रति ध्यानकर्षण भएको जनाउँदै सहज र सरल रुपमा सिट संख्याका आधारमा मात्रै विद्यार्थी बोक्न विद्यालयहरुलाई निर्देशन दिन र त्यसको अनुगमन गर्न अनुरोध गरेको छ ।

जिल्ला अध्यक्ष मिलनकुमार गौतमको नेतृत्वमा विद्यार्थीहरुको समुहले ज्ञापनपत्र बुझाउँदै जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणा बढी विद्यार्थीहरु बोकेकाले सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुने तर स्कुलबसहरुले ८० भन्दा धेरै विद्यार्थी बोक्ने गरेको दुखद परिस्थिति रहेको बताउँदै तत्कालै सुधार गर्न अनुरोध गरेको छ।

हेर्नुस् विज्ञप्ति

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र