काभ्रेपलान्चोक – पाँचखालको माटोमा जन्मिएका राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई मंगलबार पाँचखालमा सम्मान गरीएको छ ।

नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिले पाँचखालमा जन्मिएर मानव अधिकारको क्षेत्रमा कर्मचारीको तर्फवाट सबैभन्दा माथिल्लो पोष्टमा पुगेको भन्दै सम्मान गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई, नेपाल मानव अधिकार संगठनका पाँचखाल नगर सभापति नवराज सेढाई लगायतले सम्मानपत्र, दोसल्ला, खादा तथा मायाको चिनोद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाल नगरमा मानव अधिकार हनन् नभएको जानकारी दिएका थिए । उनले राष्ट्रिय मानव अधिकार आयोगसंग समन्वय गरेर सँगै हातेमालो गर्दै अगाडी बढ्ने बताए । नगरप्रमुख खरेलले नगरवासिहरु मुलुकको बिभिन्न तहमा उच्च ओहदामा रहेकोले पाँचखालको हितको खातिर कार्य गर्न सहज भएको बताएका थिए ।

 

कार्यक्रममा सम्मानित व्यक्तित्व राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले अहिलेपनि स्रोत, साधन र शक्तिको आडमा मानव अधिकार उलंघन भैरहेको बताए । मानव अधिकार उलंघनलाई नियन्त्रण गर्ने उद्देश्ले २०५७ सालमा आयोग गठन भएको जानकारी दिदै सचिव खरेलले आयोग गठन भएपछि मानव अधिकार उलंघनका घटनाहरु न्युनिकरण हुँदै गएको बताए ।

नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिका अध्यक्ष नवराज सेडाईको सभापतित्वमा भएको कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, नेपाल मानव अधिकार संगठन काभ्रेका अध्यक्ष राजु सिग्देल, नेपाल मानव अधिकार संगठन वागमती प्रदेसका प्रतिनिध लोकनाथ घिमिरे लगायतका बक्ताहरुले मानव अधिकारको महत्वको बारे मन्तब्य राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई, प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ११ का अध्यक्ष शिवशरण लामा, नगरका लेखा प्रमुख विदुर धिमाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पाँचखाल नगरपालिकाका सूचना अधिकारी सुविता ढुंगानाले सञ्चालन गरेकी थिईन । मिडिया चोक बाट

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो