भक्तपुर / नेशनल प्याब्सन भक्तपुरको आयोजनमा मंसिर २६ र २७ गते सम्पन्न भएको जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, मा माध्यमिक तहमा यूनिटी स्कुल प्रथम र आधारभूत तहमा ईडेन गार्डेन स्कुल प्रथम भएका छन् !
माध्यमिक तहको दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ स्कुल तथा तेश्रो स्थान क्रमश आरक्षण नेशनल स्कुल र एसएस सदन स्कुल हाँसिल गरेका थिए ! आधारभूत तहमा दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ तथा तेश्रो स्थान क्रमश डेमोस स्कुल र पारागन एकेडेमीले प्राप्त गरेका थिए ।
माध्यमिक तहको फेयर प्ले टिम उपाधी ईडेन गार्डेन स्कुल, उत्कृष्ट खेलाडि विमलका प्रशान्त थापामगर र उत्कृष्ट गोलकिपर यूनिटीका रुकेश खत्रीले जित्न सफल भएका थिए । आधारभूत तहको फेयर प्ले टिमको उपाधी पारिजात विद्याकुन्ज स्कुल, उत्कृष्ट खेलाडि ईडेनका आयुष गौतम र उत्कृष्ट गोलकिपर विमलका मनिष राउतले जित्न सफल भएका थिए । 
समापन कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय सह-अध्यक्ष सुवास न्यौपानेले विजयी खेलाडि र खेल समूहलाई शिल्ड प्रदान गर्नु भएको थियो ! विशिष्ट अतिथि जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापाले मेडल र उत्कृष्ट खेलाडिलाई भक्तपुर नेशनल प्याब्सनका अध्यक्ष संजय खड्काले प्रदान गर्नु भएको थियो ! समापन कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव प्रकाश खड्का लगाएतको उपस्थिति रहेको जानकारी कार्यक्रम संयोजक सुमन शिल्पकारले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.