खानीखोलामा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका–१, स्याउरेथलीमा भएको दुःखद दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

दुर्घटनामा खानिखोला गाउँपालिका–४ का कलकबहादुर माझी र खानिखोला गाउँपालिका–२ की पातलीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।

बिज्ञापन

दुर्घटनामा खानिखोला गाउँपालिका–५ का बौद्धमान लामासहित सिन्धुपाल्चोक घर बताइएका एक ठेकेदारसमेत गरी ३ जना घाइते भएका छन्।

घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई बेथानचोक गाउँपालिका–५, कामीडाँडा हुँदै हवाईमार्गबाट धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टले जानकारी दिएका छन्।

दुर्घटना कसरी र कुन परिस्थितिमा भएको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको विस्तृत विवरण तथा दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

#SadNews #Kavrepalanchok #Khanikhola #Accident #KavreNews #BreakingNews #NepalNews #दुर्घटना #खानिखोला #काभ्रेपलाञ्चोक