डिजिटल मिडियाले फड्को मारेसँगै पछिल्लो समय मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । कलाप्रेमीहरुका लागि यसको आकर्षण पनि उतिकै बढेको छ । त्यस्तै सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । सिन्धुली कमलामाई नगरपालिका ५ मा जन्मिएका उनी हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । व्यवसाय र मोडलिङलाई एकसाथ अघि बढाइरहेका आरकेले मोडलिङमा स्थापित हुने लक्ष्य राखेका छन् । उनै आरकेसँग गरिएको कला संवादः

० बाल्यावस्थाको बारेमा भनिदिनुस् न ?
बाल्यावस्था मेरो सामान्य नै रह्यो । म सानैदेखि नाच्न र अभिनय गर्न भनेपछि भुतुक्कै हुन्थें । राजेश हमाल, रमेश उप्रेती, शिव श्रेष्ठ लगायतका हिरोहरुले फिल्ममा बोल्ने ‘डायलग’ हरुलाई बारम्बार सुन्थे । आफू पनि त्यस्तै गर्ने प्रयास गर्थें । सायद त्यो नै मेरो कलाकार बन्ने लक्षण रहेछ ।

 

० पहिलो गीत कुन हो, कसरी यो क्षेत्रमा जोडिनु भयो ?
‘जुरेली टुप्पैमा’ बोलको म्यूजिक भिडियो मेरो करिअरको पहिलो गीत हो । ६ महिनाअघि सार्वजनिक भएको यस गीतमा मैंले मोडलिङ क्षेत्रकी सर्वाधिक लोकप्रिय मोडल अञ्जली अधिकारीसँग काम गर्ने अवसर पाएँ । यसै गीतका गायक राज शाही र भिडियो निर्देशक शिशिर बुढाथोकीसँग मेरो चिनजान थियो । उहाँहरुले सायद, म भित्रको कला मोहलाई बुझेर होला प्रस्ताव गर्नुभयो । मेरो लागि यो ठूलो अवसर पनि थियो, नाईं भन्नै कुरै भएन ।

० अहिलेसम्म कतिवटा गीत गर्नुभयो ? यात्राका बारेमा भनिदिनुस् न ?
खासमा म यो क्षेत्रमा आएको धेरै भएको पनि छैन । ६ महिनाको सांगीतिक यात्रमा मैंले ६ वटा नै म्यूजिक भिडियोमा अभिनय गरिसकेको छु । पहिलो ‘जुरेली टुप्पैमा’, त्यसपछि लोकप्रिय गायक प्रमोद खरेलको स्वर सजिएको गीत ‘तिमीले मलाई पराई सोचे नि’ मेरो करिअरको दोस्रो गीत हो । यस गीतमा स्नेहा जोशी, शिशिर बुढाथोकी र दुर्गा बिरहीसँगै मेरो अभिनय रहेको छ । त्यसपछि उनले जनक लामा, उमेश श्रेष्ठ र सलिना मोक्तानको स्वर रहेको गीत ‘जिन्दगी बगेको खोला हो’ मा काम गरें । शिशिर बुढाथोकीले नै निर्दैशन गरेको यस भिडियोमा भावना क्षेत्रीसँग मैंले आफ्नो कला कौशल देखाउने मौका पाएँ । सांगीतिक यात्राकै क्रममा बिशााल निरौलाको स्वर रहेको ‘हाँसोको पात्रो’ मा पनि काम गर्ने अवसर पाएँ । जिबी अगरी को निर्देशनमा तयार भएको यस भिडियोमा लोकप्रिय अभिनेत्री तथा मोडल अनु शाहको साथमा अभिनय गरेको छु । मेरो करिअरको पछिल्लो गीत ‘मेरो साथी कलौटे’ हो । दुर्गा बिरहीको शब्द, संगीत र स्वर समेत रहेको यस गीतको भिडियोमा ‘कलौटे’ नामले चिनिएका तेजेन्द्र परियार र सरिश्मा मगरले सँगै मेरो पनि अभिनय रहेको छ । यो गीतबाट निकै चर्चा पाउन सफल भएको छु । केहि म्यूजिक भिडियोको लागि काम भइरहेको छ भने केहिको लागि कुरा भइरहेको छ ।

० के मा व्यस्त हुनुहुन्छ ?
कलाप्रेमी मान्छे म, कलाकारितामै व्यस्त छु । नयाँ गीतको काम भइरहेको छ । त्यसकै तयारीमा लागिरहेको छु । सँगसँगै व्यापार व्यवसायलाई पनि समय दिइरहेको छु ।

० म्यूजिक भिडियोको काम भइरहेको छ भन्नु भयो, आगामी प्रोजेक्ट कहिले आउँदैछ ?
हजुर, आगामी प्रोजेक्ट धेरैमा कुरा भइरहेको छ । केहि म्यूजिक भिडियो आउने क्रममा छन् । अभिनेत्री शिल्पा पोखरेलसँग मैले अनस्क्रिन शेयर गरेको ‘पिपलपाते ओठ’ आउँदैछ । यो प्रोजेक्टबाट निकै आशावादी पनि छु ।

० गीत संगीतको अलवा केमा व्यस्त हुनुहुन्छ ?
कला जोडिएको व्यवसायमा आवद्ध छु । राजधानीको कोटेश्वरमा ‘चिनो रोधी’ घर सञ्चालन गर्दै आएको छु । त्यस्तै कमलामाई गेष्ट हाउस र सिन्धुलीगढी खाजा घर सञ्चालन गरेर उनले थुप्रैलाई रोजगारी पनि दिएका छन् । आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउँदै मोडलिङ तथा कलाक्षेत्रमा स्थापित हुन चाहन्छन् । उनले घरपरिवारको पनि साथ पाएका छन् । साथीभाईको पनि उस्तै सहयोग रहेको छ । अब मोडलिङको माध्यमबाट देश, विदेशमा रहेका सबै नेपालीको पनि साथ पाउने र एकदिन सफल कलाकार बन्नेमा विश्वस्त छन् ।

० सानैदेखि कलामोह थियो भन्नुभयो तर यो क्षेत्रमा प्रवेश ढिलो गरेजस्तो लाग्दैन ?
हो नि मेरो सानैदेखीको इच्छा थियो अभिनयमा । तर इच्छाले मात्रै नहुने रहेछ, सहि समय र पनि आउनु पर्ने रहेछ । सायद मेरो लागि यो क्षेत्रका लागि सहि समय यतिबेलै थियो होला । कुनै पनि काम गर्न ढिलो चाँडो भन्ने हुँदैन जस्तो लाग्छ । जे भएता पनि अब कडा रुपमा आएको छु । अब यहि क्षेत्रका लागि केहि गर्नेछु भन्ने भावना जागेको छ । सफल कलाकारको रुपमा चिनिएरै छाड्नेछु ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो