काभ्रेपलान्चोक – पछिल्लो समय नयाँ नयाँ गित बजारमा आउने क्रम जारी छ । महिलाहरुको विशेष पर्व हरितालिका तिज पनि नजिकिदै छ । धेरै गित बजारमा सार्वजनिक भए पनि केही गितले मात्रै चर्चा कमाएका छन । केही दिन अगाडि मात्रै देव श्रेष्ठको आवाजमा “ओई लुरी” बोलको गित सार्वजनिक भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका मा जन्मिएका युवा गायक देव श्रेष्ठ यति बेला बिदेशी भुमिमा रहेका छन । बिदेशी भुमिमा रहेर पनि एक पछि अर्को गित बजारमा सार्वजनिक गरिरहेका छन । परदेशमा बसेर पनि नेपाली गित संगित लाई छोडन सकेका छैन उनी झनै एक पछि अर्को गरि गितहरु सार्वजनिक गरिरहेका छन । माया पिरतिमा अधारित गित “ओई लुरी” बजारमा आएको केही दिनमा नै दर्शक श्रोताको रोजाइमा पर्न सफल भएको छ ।

उता लोक दोहोरी गीत घैया मकै बाट सफल जोडी मानिएका शम्भु नेपालको लय तथा रामशरण आलेको शब्दमा भर्खरै मात्र “ओई लुरी” बोलको गीत सार्बजनिक भएको छ । त्यसो त यो जोडीको सहकार्यमा घैया मकै भन्दा पहिले पनि थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् ।

रोश्नी थिङ्ग र अन्जली वाइबाको प्रस्तुतिमा बजारमा आएको यस गीतमा देब श्रेष्ठ र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज र अनिता बस्नेतको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठ, कोरियोग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन्

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..