काभ्रे जिल्लाका नागरिकहरुले प्रहरी समक्ष आफ्ना गुनासो तथा सुझाव क्यु आर कोड स्क्यान मार्फत दिन सक्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले जनताको सुझाव तथा गुनासो संकलन गर्न क्युआर कोड स्क्यान गर्न मिल्ने प्रविधि ल्याएको हो । क्युआर कोड मार्फत अनलाईनमा उजुरी, कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । क्यु आर कोड मार्फत प्रहरी कर्मचारीहरु विरुद्ध समेत उजुरी गर्न सकिने काभ्रे प्रहरीले जनाएको छ ।

विकास गरिएको क्यु आर कोड स्क्यान प्रविधि काभ्रेका सबै प्रहरी कार्यालयमा लागु हुने जनाइएको छ । साथै सेवा लिने व्यक्तिको परिचय गोप्य रहने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सेवा जुनसुकै एन्ड्रोइड फोन वा एप्पलका जुनसुकै मोबाइलबाट लिन सकिने जनाइएको छ । कोड स्क्यान भएसँगै त्यसलाई फोनमा उपलब्ध ब्राउजरबाट इन्टरनेटको मद्दतले खोलेर आवश्यक निर्देशन अनुसार आफ्नो गुनासा तथा सुझाव पेश गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..