काभ्रेपलान्चोक – श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रे जिल्लाको १० औं अधिवेशन बनेपामा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यता तथा युवा परिषद् काभ्रेका अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, महासचिव सुमन पुडासाइने, केन्द्रिय सदस्य एवं जिल्ला संयोजक पर्शुराम सापकोटा, उपत्यकाका ३ वटै जिल्लाका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनले पुन अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको नेतृत्वमा १० सदस्यीय कार्य समिति गठन गरेको छ । यस्तै उपाध्यक्षमा प्रल्हाद बजगाँई, सचिवमा प्राणनाथ सापकोटा, सहसचिवमा लक्ष्मी तिमल्सिना, कोषाध्यक्षमा नकुल तिमल्सिना चयन भएका छन् । सदस्यमा अर्जुन दाहाल, सुसान्त बजगाँई, पवन भुर्तेल, विष्णुहरी हुमागाँई, अम्बिका ढकाल, सन्तोष बजगाँई र मोहन मुकुन्द हुमागाँई चयन भएका निर्वाचन मण्डलका संयोजक उद्धव प्रसाद नेपालले जानकारी दिए ।

वार्षिक साधारण सभाको उपलक्ष्यमा गोपाल बस्नेतको छोरीको उपचारका लागि १८ हजार ३ सय ३० रुपैयाँ नगद दिने निर्णय भएको छ भने जिन्सी सामान, लत्ताकपडा, स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । यस्तै जिल्ला समिति काभ्रेका लागि होक्से प्रारम्भिक समितका अध्यक्ष अध्यक्ष सन्दिप थापाबाट मास्क, साबुन, स्यानीटाइजर गरी करिव ५० हजारको स्वास्थ्य सामाग्री प्राप्त भएको सहसचिवमा लक्ष्मी तिमल्सिनाले जानकारी दिइन् । अधिवेशनको अवसर पारेर स्थापना कालदेखी हालसम्म सहयोग पुर्याउने अध्यक्षलाई सम्मान समेत गरिएको छ । – prime fm 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..