तेमालमा शिक्षकद्वारा खुला चुनावी प्रचार, आचारसंहिता विपरीत गतिविधि

माघ २७, २०८२
तेमाल गाउँपालिकामा प्रधानाध्यापकसहित पाँच जना शिक्षकले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै खुलेआम चुनावी प्रचारमा संलग्न भएको घटना सार्वजनिक भएको छ।

निर्वाचन आचारसंहिताअनुसार शिक्षकले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न नपाउने स्पष्ट व्यवस्था छ। तर उक्त व्यवस्थालाई बेवास्ता गर्दै केही शिक्षकहरू राजनीतिक अभियानमा सक्रिय भएको पाइएको हो।

बिज्ञापन

सुनकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक सञ्जय लामा, कालिदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सार्किमान तामाङ तथा बुद्धकोल्तोङ प्राथमिक विद्यालयका प्रधानाध्यापक डुवाङ तामाङले नेपाली कम्युनिष्ट पार्टीको ‘तारा’ चुनाव चिह्नमा मतदान गर्न अपिल गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

यसैगरी, पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक सत्यमान घिसिङ र बुद्धकोल्तोङ प्राथमिक विद्यालयका शिक्षक प्रेम तामाङ पनि चुनावी अभियानमा संलग्न रहेको देखिएको छ।

सही र गलतको पाठ पढाउने शिक्षक स्वयं आचारसंहिता उल्लङ्घन गर्दै राजनीतिक प्रचारमा होमिँदा विद्यार्थीले के सिक्लान् भन्ने प्रश्न उठाउँदै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले निर्वाचन आयोग तथा सम्बन्धित निकायलाई घटनाबारे छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

यस्तो छ निर्वाचन आचारसंहिताको व्यवस्था…