लाऊ माया चुनेर’, महलमा राज होला तिम्रो’, तिमीलाई रोजें’, कुवाको पानी’ जस्ता दर्जनौ गीत श्रोतामाझ पस्केर चर्चा बटुली रहेका गायक हुन नविन कार्की । यस्तै २ वर्षअघि नविन’ एल्बम पस्केका कार्की यतिबेला नयाँनयाँ गीतको रेकर्डिङमा व्यस्त छन् । उनका केही नयाँ गीत भर्खरै मात्र दर्शकश्रोतामाझ पुगेका छन् त केहीको रेकर्ड हुँदैछ छन् । गीत संगीत तथा कला यात्राको विषयलाई लिएर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायक नविन कार्कीसंग गरेको कुराकानी

० दैनिकी कसरी चलिरहेको छ ?
ठिकै भन्नु पर्छ । विहान साँढे चार बजेतिरै उठ्छु र एक डेढ घण्टा योगा लगायत केही व्यायम गर्छु । त्यस पछि केही समय रियाज गर्छु । रियाज सकेपछि मात्रै खाना खाएर काम तिर लाग्छु ।
दिन भरि काम मै ब्यस्त हुन्छ र यसो स्टुडियो र अन्य संगीतकर्मी साथीहरुको समयलाई पनि ध्यानमा राखेर रेकडिङ् गर्ने गर्दछु । सजिलै छु जस्तो लाग्छ आफुलाई त कहिल्यै यो खाने त्यो नखाने अथावा यो गर्ने र त्यो नगर्ने भन्ने अडान हुदैन । टिममा साथीभाईहरु जे जस्तो खान्छन् खान्छु जे जस्तो गर्न सल्लाह दिन्छन् गीत संगीत तथा सबैलाई मान्य हुने कुरा भयो भने मेरो सधै सहमती हुने गर्छ । बेलुका प्राय दाल भात खादैन फल फुल लगायत केही हल्का खाने कुराहरु खाने गर्छु । यसरी नै चलिरहेको छ ।

० गायन क्षेत्रलाई जोडेर बाल्यकाल सम्झनु पर्दा कसरी सम्झनु हुन्छ ?
दोलखा जिल्लामा मेरो जन्म भएको थियोे । बाल्यकालदेखि नै गायनप्रति लगाव राख्ने मैले । स्कुलमा बेलाबखत आयोजना भइरहने गीतसङ्गीतसम्बन्धी कार्यक्रम तथा प्रतियोगिताहरूमा निरन्तर भाग लिने गर्थेँ । जव एसएलसी दिएर काठमाण्डौ आए त्यपछि मलाई गीत संगीतमा प्रवेश गर्न थप सजिलो भयो । मेरो गीत संगीत प्रतिको लगावलाई अझै निखार्ने बाटो खुल्यो । म काठमाण्डौ आएको केही समय पछि (२०५२ मा) बलराम थापाको अध्यक्षतामा अभियान कलासांस्कृतिक मञ्च गठन भयो र म त्यसको सहसचिव बन्ने मौका पाँए । अभियान कलासांस्कृतिक मञ्चको आयोजनामा ५ वैशाख, २०५२ मा राष्ट्रिय सभागृहमा नयाँ वर्षको वृहत् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यौ । त्यही कार्यक्रममा प्रस्तुति दिएर नै मैले पहिलो पटक सार्वजनिक मञ्चमा पाइला अघि बढाएको थिएँ र पहिलो पटक विसं २०५४ मा रत्न बानियाँ (हाल दिवङ्गत) को शब्दसङ्कलनमा लाऊ माया चुनेर बोलको लोकदोहोरी गीत रेकर्ड गराएको थिए ।

० थुप्रै गीतहहरुमा स्वर भर्नुभयो यस अवधिमा तपाईलाई मन पर्ने गीत कुन हो ?
मैले गुरुदेव कामत, शक्तिबल्लभ, सुशील विश्वकर्मालगायतका सङ्गीतकार तथा रत्नशमशेर थापा, डा. कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, राजुबाबु श्रेष्ठलगायतका गीतकारसँग लामै समय काम गरँे । पछिल्लो समय म राजनराज शिवाकोटी, खड्ग गन्धर्व, रिमेश थापालगायतका सङ्गीतकारहरूको सङ्गीत तथा देवेन् केसी देबु’, पुष्करराज बुढाथोकी, रमेश दाहाल, भोला पौडेललगायका गीतकारहरूका सिर्जनामा स्वर भर्दै आएको छु ।

महलमा राज होला तिम्रो’, तिमीलाई रोजें’, कुवाको पानी’, सागरले मोती पायो लगायत थुप्रै गीतहरु र सबै भन्दा पछिल्लो पटक बजारमा मैले ल्याएको नविन एल्वम् जसमा ८ ओटा गीतहरु समावेश भएका छन् । आधुनिक, लोक, गजल, राष्ट्रिय सबै खाले गीतहरु गाउन मलाई मन पर्ने हुनाले यसै गीतमा बढी सन्तुष्टि मिलेको थियो त भन्न सक्दिन तर व्यवसायका हिसावले भन्नु पर्दा मैले पहिले पटक निकालेको एल्बममा सूर्यकुमारी र बिमाकुमारीको स्वर रहेको उक्त एल्वमको ए साईडमा मेरो र सूर्यकुमारीको स्वरमा लाऊ माया चुनेर’ बोलको लोकदोहोरी गीत थियो भने साइड बी’ मा चाहिँ मैले र बिमाकुमारी दुराले गाएको अर्को गीत थियो । मैले आनै लगानीमा निकालेको त्यो एल्बमले मलाई देशै भरि चर्चामा ल्याउनुका सार्थै क्यासेट विक्रि मार्फत पनि मलाई निकै धेरै आम्दानी गराएको थियो ।
० झण्डै पच्चिस वर्ष गीत संगीत यात्रामा निरन्तर रहनु भएका तपाईले केही समय ब्रेक लिनुको कारण ?
गीत संगीत क्षेत्र मलाई असाध्य मन पर्ने क्षेत्र हो तर के गर्नु सोचे जस्तो जिवनमा सबै कुरा कहाँ हुदो रहे छ ? घर परिवार तथा कहिले काही व्यक्तिगत म स्वयम पनि कारण बन्न सक्ने रहेछु । मेरो जविननमा पनि यही भयो, पारिवारीक कारण ले गर्दा नैै मैले केही समय बे्रक लिएको थिए सानै देखी गीत संगीतको किराने खाएको मनस्थितीलाई त कहा पन्छ्याउन सकिन्छ र ? फुनः थप जोस जाँगरका साथ फर्के र आफ्नो यात्रालाई निरन्तर जारी राखेको छु । अब भने यसलाई निरन्तरता दिन्छु ।

० पहिले र अहिलेको गीत संगीत बजारलाई तुलना गर्नु पर्दा कसरी गर्नु हुन्छ ?
मलाई लाग्छ पहिलेको तुलनामा अहिले गीतसङ्गीत क्षेत्र निकै फस्टाएको छ । प्रविधि, श्रोता, दर्शक, स्पोन्सर, लगानीकर्ता सबै हिसाबले विगतको तुलनामा अहिले काम गर्न निकै सजिलो छ । पहिले गीत रेकर्ड गरेपछि अनिवार्यतः एल्बम निकाल्नै पर्थ्यो, नत्र दर्शकश्रोतामाझ पु¥याउन सकिँदैनथ्यो । अहिलेजस्तो एउटा गीत रेकर्ड, छायाङ्कन आदि गरेर अनेकौं डिजिटल माध्यमबाट सार्वजनिक गर्ने र प्रचारप्रसार गर्ने सुविधा ऊ बेला थिएन ।
एल्बम भरिने गरी सातआठवटा गीत तयार पार्ने, रेकर्ड गर्ने र एल्बम उत्पादन गर्ने काम निकै गह्रुँगो, कठिन, महँगो र व्यावहारिकरूपले समेत अप्ठ्यारो थियो । अहिले त एउटा गीत तयार भयो कि त्यसलाई रेकर्ड गरिहाल्ने र कुनै प्लेटफर्मबाट सार्वजनिक गरिहाल्ने सुविधा छ । भिडियो निर्माण गर्न पनि पहिलेको तुलनामा अहिले निकै सहज भएको जस्तो लाग्छ ।

० आगामि योजनाहरु केके छन् ?
गायन मेरो नशा नशामा पसेको छ । अनि त बिचमा ब्रेक लिदा पनि यसलाई विर्सन सकेन र फेरि पर्केर यहि क्षेत्रमा आए । नेपाली गीत संगीत क्षेत्रमा नै लाग्ने र गायन क्षेत्रालाई नै निरन्तरता दिने मेरो योजनाहरु थप बलियो बनाउदै गएको छु र आगमि दिनहरुमा पनि दर्शक तथा श्रोतामा नयाँ नयाँ श्रृजनाहरु पस्कने तयारीमा छु अव छिट्टै मेरो नयाँ गीतहरु सांतितिक बजारमा ल्याउने तयारीमा जुटेको छु । तर गीत संगीत क्षेत्रमा निरन्तर लागिरहदै गर्दा समयले भ्याए सम्म अन्य पेशा तथा व्यवसायमा पनि यसो समय दिने गरको छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..