गोपाल ढकाल (छन्दे) को गाईजात्रे कोशेली गठबन्धनका राजाहरु

 

विगत दुई दशक देखि निरन्तर कलाकारितामा सक्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले आफ्नै युट्युब च्यानल छन्दे ईन्टरटेन्मेन्ट मार्फत २०८१ सालको गाईजात्रे कोशेली गठबन्धनका राजाहरु ल्याएका छन् ।
गोपाल ढकाल छन्दे नक्कली शेरबहादुर देउवा र सुरेश तिमल्सिना नक्कली केपी शर्मा वलीको चरित्रमा देखिएका छन् । देश गणतन्त्र सम्म आईपुग्दा धेरै दलहरु बने । सत्तामा रहन नेताहरुले अनेक बहाना बनाए, एक अर्कामा उचाल्ने पछार्ने देखि सदन घेर्ने, सदन विघठन गर्ने सम्मका कामहरु भए । एक अर्कामा आरोप, प्रत्यारोप गर्दै पुनमिल्ने अर्थात जुट्दै फुट्दै फेरी जुट्दै । जनता भन्दा धेरै कार्यकर्ता रहेको र समसामहिक बिषयलाई उठान गरि राजनीति प्रति व्यंग्य गरिएको गाईजात्रा गठबन्धनका राजाहरुलाई छोटो समयमै धेरै दर्शकहरुले मन पराउनु भएको छ ।
राजा प्रताप मल्लको पालादेखि शुरु भएको गाईजात्रालाई पर्वको रुपमा लिईन्छ हास्यक लाकारहरुले गाईजात्राको अवसरमा विभिन्न विकृति, विसंगतिमा आफ्नो अभिव्यक्ति मार्फत् व्यंग्य प्रस्तुत गर्दछन् विभिन्न विषयको चिरफार गर्दछन् । तर वर्तमान माहोलमा हास्य कलाकारहरुले भन्दा धेरै दैनिक जसो नेताहरुले गाईजात्रा देखाएका छन भन्ने कुरालाई भिडियोमा देखाईएको छ । पहिले फुटेको बेला र अहिले जुटेको बेलागरि दुई भागमा भिडियोलाई समेटिएको छ ।
राजु तिमल्सिनाको छायांकन, गोपाल ढकाल(छन्दे) र सुरेश तिमल्सिनाको कन्सेप्ट रहेको गाईजात्रा २०८१ गठबन्धनका राजाहरुले आम दर्शक माझ मनोरन्जन साथै राम्रो सन्देश पनि प्रवाह गरेको छ ।

बिज्ञापन