काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’ मा नेपाली बालक आरभ गौतमले एक शीर्षसहित तीन उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगितामा किडतर्फ सहभागी उनले यसै क्याटगरी अन्तर्गत ‘किड युनिभर्स २०२५’को शीर्ष उपाधिका अलवा बेष्ट इन स्पोट वयर’ र ‘किड इन्टिलिजेन्ट’ सव टाइटल जित्न सफल भएका हुन् । कोटाकिना बालु सहरमा गत ११ देखि १४ जुनसम्म आयोजना भएको कार्यक्रममा ‘किड युनिभर्स २०२५’ तर्फको विजेता शनिबार चुनिएको हो ।

‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । ४ दिन नियमित आयोजना भएको प्रतियोगितामा गौतमले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन प्रवर्द्धन समेत गरेका छन् ।

प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी थिए । गौतमलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०२४’का विजेता हुन् । प्रतियोगिताका लागि गौतमको फेसन कन्सेफ्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly