

काभ्रेपलान्चोक – सबैको हात आर्शु स्मृतिको साथ भन्दै असाहायहरु लाई साथ दिदै विभिन्न सामाजिक काममा अगाडि बड्दै आएको बनेपा स्थित आर्शु स्मृती प्रतिस्ठान नेपालले धुलिखेल नगरपालिका वडा नं. १२ निवासी सबिन खत्रीको श्रीमति पुस्पा भुजेल साथै जुम्ल्याहा २ बच्चाहरुको निशुल्क औषधि उपाचार गराएको छ।

पुस्पा भुजेलको स्वास्थ्यमा समस्या भइ ७ महिनाको समयमा आकस्मिक शल्यकृया मार्फत जुमल्याह बच्चा (एक बाबू , एक नानू) जन्मिएकोमा आफ्नो आर्थिक स्थिती कमजोर भएको कारण हजुरहरुले सकेको सहयोग गर्दिनुहोस भन्दै वडाको सिफारिसको साथमा प्रतिस्ठानको कार्यलयमा सबिन खत्री आइपुग्नु भयो । तत्काल प्रतिस्ठानले सोधपुछ गरि उक्त जुमल्याहा बच्चाहरुको छोरा (बाबू ) लाई ventiletor मा र नानू छोरी लाई icu मा साथै आमा पुस्पा भुजेल लाई ward मा राखी आर्शु स्मृती प्रतिस्ठान नेपालले धुलिखेल अस्पतालमा निशुल्क औषधि उपचार सुरु गरेको छ ।




उपाचारको क्रममा स्वास्थ्यमा निकै नै सुधार भएको कारण नानु लाई १२ दिन पश्चात् icu बाट ward मा र बाबु लाई २ दिन पछि ventiletor बाट icu मा र १५ दिन पछि icu बाट ward मा शिफ्ट गरियको थियो ।


त्यस पछि आज ०८०/०५/०८ गते २० दिनको अस्पताल बसाइ पछि आमा, बाबू, नानू सहित तिनै जनाको स्वास्थ्य अवस्था ठिक भएको कारण अस्पताल बाट डिस्चार्ज भएका छन् ।
२० औ दिनको हस्पिटल बसाइ पछि पुस्पा भुजेल लगायत जुमल्याहा बच्चाहरुको डिस्चार्ज भएको छ । निम्न वर्गका मान्छेहरु लाई धुलिखेल अस्पताल संगको सम्झौता अनुसार निशुल्क औसधि उपाचार गराउदै आएको छौ संस्थाको अध्यक्ष रुपेश काफ्लेले जानकारी दिनु भयो । बेला बेला संस्थाको सदस्य युवा नेता सामाजिक अभियान्ता राजन अधिकारीले उपचारको निरीक्षण साथै सल्लाह सुझाव दिनु भयो थियो ।