काभ्रेपलान्चोक – नेकपा एमालेको ओली पक्षीय भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् ।

चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ  जिन्दावाद,अनेरास्ववियु जिन्दावाद, माधवकुमार नेपाल गद्दार मुर्दावात, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल काभ्रेका अध्यक्ष विक्रम चौलागाईंले माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै आफ्नै पार्टीका नेता कार्यकर्ताको भावनामा लात हानेको आरोप लगाउनु भएको छ । विदेशीको इशारामा चलेको वर्तमान सरकारले ठूलो मुल्य चुकाउनुपर्ने बताउनु भयो । उहाँले भन्नू भयो राष्ट्रिय युवा संघ नेपालको कुनै पनि कार्यक्रम नेता तथा युवा साथीहरु लाई प्रशासनले धरपक्ड गरे राष्ट्रिय रुपमा आन्दोलन गर्ने बताउनु भएको छ । कार्यक्रममा अनेरास्ववियू काभ्रेका अध्यक्ष गोविन्द उप्रेतीले संविधान नमिच्न सरकारलाई चेतावनी दिनुभएको छ ।

बिरोध कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य एबम पार्टी जिल्ला कमिटी सदस्य जेनिस लामा,युवा संघ नेपालका केन्द्रिय नेता सागर रायमाझी, समाजसेवी तथा युवा नेता रत्न कुश रंजित, नेपाल राष्ट्रिय खेलकुद महासंघ काभ्रे जिल्ला अध्यक्ष तथा युवा नेता नवराज मानन्धर, शालिक राम पराजुली, उपेन्द्र शर्मा, सौगात बस्नेत लगाएतका एक दर्जन नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..