


काभ्रेपलाञ्चोक । नेपाल फार्मेसी संघ (PhAN) काभ्रेको जिल्ला कमिटी २२ गते भैरव कुण्ड पार्टी प्यालेसमा सम्पन्न भेलाबाट गठन गरिएको छ। कार्यक्रम PhAN का केन्द्रीय अध्यक्ष युवराज भुषालको प्रमुख आतिथ्य तथा संस्थापक अध्यक्ष अमृत खनाल र संस्थापक उपाध्यक्ष सफिहर रहमानको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
बिज्ञापन


भेलाले शिर मेमोरियल अस्पतालका इन्चार्ज गोविन्द सुवाललाई PhAN काभ्रेको अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा सन्देश मानन्धर र मनिषा न्यौपाने निर्वाचित भएका छन्।

महासचिवमा सन्जिता शाही तथा सचिवमा सविना केसी, टेक बी. खत्री र विजय भट्टराई निर्विरोध चयन भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा अशिम वैध, सह–कोषाध्यक्षमा श्रिणा श्रेष्ठ तथा सदस्यहरूमा सृष्टि सुवाल, आयाम प्रधान र कविता बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।



