काभ्रेपलान्चोक – नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो ।
सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वडामा सहदात तथा बेपत्ता पारिएका योद्धाहरुको स्मृतिमा शहिद वा बेपत्ता स्मृति पार्क निर्माण गर्ने योजना अनुसार यस वडामा शहिद पार्क निर्माण भएको थियो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले शहिद पार्क उद्घाटन गर्नुका साथै गाउँपालिकाले शहिद तथा बेपत्ता परिवारलाई मासिक रुपमा राहत सहयोग स्वरुप दिने रकम समेत प्रदान गरिने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । गाउँपालिकाले शहिद तथा बेपत्ता परिवारलाई मासिक २ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
सो पार्कमा सो वडाका १० जना सहिदहरुको शालिक निर्माण भएको वडा अध्यक्ष बीरबल तामाङले बताए । ‘महान सहिदहरुको स्मृति र सम्मानमा पार्क निर्माण गरिएको छ ।’ वडा अध्यक्ष तामाङले भने, ‘एकातिर सहिदहरुको सम्मान हुने अर्को तिर पर्यटन विकासमा समेत यो पार्कको महत्व रहेको छ ।

सो पार्कको उदेघाट बुधबार (भोली) अर्थमन्त्री शर्माले गर्नेछ । कार्यक्रमको लागि सबैवडाबाट स्थानीयको सहभागीता रहने वडा अध्यक्ष तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..