नातिबाबु भट्ट अमेरीका: कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा संचालित Allstate Insurance को प्रथम बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालकालागी पूर्व अमेरिकी राजदुत स्कट डेलेसि, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतका बिशेष अतिथीहरूको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एजेन्सीका संचालक तथा कार्यक्रम आयोजक सुनिल पाठकले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै आफुलाइ यहाँ सम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए । त्यसैगरी पूर्व राजदुत र मेयरहरूले पनि नेपालबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाका पदाधिकारी समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा आयोजक सुनिल पाठक र बिशेष अतिथिहरु द्वारा संयुक्तरुपमा समारोहमा उपस्थित सम्पूर्ण अतिथी, संघ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, नेपालीद्वारा खोलिएको बिभिन्न एजेन्सीका संचालक तथा एजेन्सीलाई सहयोग पुर्याउने व्यक्तित्वहरुलाई खादा माला लगाएर मायाको चिनो प्रदानगरी सम्मान समेत गरेका थिए।

कार्यक्रमलाइ थप मनोरन्जन प्रदान गर्न चर्चित हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीको लाखेनाच, जादु र कमेडी डान्स लागायत स्थानीय कलाकारहरुको नेपाली कला संस्कृति झल्काउने नृत्य तथा लाइभ ब्याण्डको बेजोड प्रस्तुति रहेको थियो।

कार्यक्रममा राफल चिट्ठा, परोपकारी सांस्कृतिक समारोह जस्ता बिभिन्न माध्यमबाट २० हजार डलर भन्दा बढी आर्थिक संकलन भएको बताईको छ। उक्त संकलित रकम नेपालमा रहेका बिभिन्न सेवा मुलक संस्थाहरुलाई प्रदान गरिने कार्यक्रमका संयोजक अभिनेता नवराज श्रेष्ठले बताएका छन्। श्रेष्ठका अनुसार ब्यबसायिक तथा सामाजिक कार्यलाई प्रत्यक्ष लाभ हुनेगरी यस्ता कार्यक्रमहरु हरेक बर्ष आयोजना गरिदै जाने लक्ष्य रहेको छ।

यस्ता कार्यक्रमहरु बाट संकलित रकमले नेपालमा रहेका अनाथ, असाहाय, दुखि पिडितहरुलाई सहयोग पाउँदा र उनीहरुको दुख पिडामा राहतको मल्हम भर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने Allstate का संचालक सुनिल पाठक बताउछन। निशा पाठकद्वारा संचालित कायर्क्रममा नेपाल र नेपालीहरूको पहिचान झल्कने बिभिन्न वृतचित्रहरू प्रर्दशनगरी स्थानीय सहभागीहरूलाइ नेपाली भाषा कला संस्कृतिबारे जानकारी समेत गराईएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..