छिमेक लघुवित्त वितिय संस्था गोरखा शाखाद्वारा विद्यार्थीहरुलाई विद्यालय पोशाक ट्र्याक सुट वितरण

 

गोरखा । छिमेक लघुवित्त वितिय संस्था लिमिटेड गोरखा शाखाले विद्यार्थीहरुलाई विद्यालय पोशाक (ट्र्याक सुट) वितरण गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका -१०, टक्सारमा एक कार्यक्रमकाबीच उक्त सामाग्री वितरण गरिएको हो । श्री मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्यनरत ४२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक (ट्र्याक सुट) वितरण गरिएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेत्र बहादुर अधिकारीले छिमेकले बैकिङ्ग क्षेत्र मात्रै नभई सामाजिक तथा विद्यालय क्षेत्रलाई पनि हेर्ने गरेको बताए ।

बिज्ञापन

यस्तै, श्री मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल अम्गाइले छिमेकको यो साथले आफू खुसी भएको र अझै साथ दिई राखोस् तथा अन्य संस्थाले पनि नजर लगाई दिनका लागि अनुरोध गरेका छन् । त्यसैगरी, कार्यक्रममा बोल्दै छिमेक लघुवित्त वितिय संस्था लिमिटेड गोरखा शाखाका शाखा प्रबन्धक संकल्प लामिछानेले यस्तो कामले आफू निकै हर्सित भएको र आगामी दिनमा पनि यस्ता सामाजिक काम गरिरहने बताए । यसैगरी, कार्यक्रममा बोल्दै प्रहरी कार्यलयका प्रतिनिधिले यस्तो काम स्वागत योग्य रहेको बताए । कार्यक्रम शाखा प्रबन्धक लामिछानेको सभापतित्व मा सम्पन्न भएको छ ।