जुवातास खेलेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलिरहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा, सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज खान सहित ६ जनालाई शनिबार राति पक्राउ गरिएको हो।

बिज्ञापन

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई ५७,४०० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको छ।