काठमाडौं । अभिनेत्री तथा मोडल दीपाशा विसी ‘‘जलपरी’ को निधन भएको छ । उनको आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बुधबार राती उडुसलाई प्रयोग गर्ने विषाधी सेवन गरेर सिकिस्त भएकी र उपचारको लागि विनायक अस्पताल लगिएको थियो । त्यहाँ उपचारमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले आज बिहान मृत घोषित गरेको हो । यतिबेला विसीको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा राखिएको छ । उनको आमा यूएईमा भएका कारण आमा नेपाल फर्किएपछि मात्रै उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

सुर्खेतमा जन्मिएकी २८ वर्षीया दीपाशाले केही नेपाली फिल्म र सयौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलही रानी’ लगायत रहेका छन् ।

‘जलपरी’ नामले समेत चर्चित उनले २०६८ सालमा फिल्म ‘दुलही रानी’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् ।

मोडल बिसीको निधनको समाचार सार्वजनिक भए सँगै दुःख व्यक्त गर्दै धेरै कलाकारहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेकाका छन् । सिंगो कला क्षेत्र स्तब्ध भएको छ ।
दिपासा परिवारकी जेठी छोरी हुन् । उनका आमा, दुई बहिनी र एक भाइ रहेका छन् ।

म्यूजिक खबरको तर्फबाट मोडल दिपाशा बिसीलाई हार्दिक श्रद्धाञ्जली । शोक सन्तप्त परिवारमा समबेदना ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..