काभ्रेपलान्चोक – बालबालिकहरुलाई श्रममा प्रयोग नगरौ, बालश्रम मुक्त समाजको निर्माण गरौं भन्ने नाराको साथमा बालश्रम निवाकरण सन्दर्भमा पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बालक भन्दा बालिकाको संलग्नता बालश्रममा धेरै रहेको पाइएको छ । बालिकाको सहभागिता १७% र बालकको १४% रहेको नेपालको बालश्रमको प्रतिवेदन २०२१ मा उल्लेख छ ।

पनौती नगरपालिकाको स्वाभिमान, दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नारा राखेर पनौती नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । बालश्रमको तथ्यांक संकलनको लागि डाटा एप्लिकेशनको प्रयोग, तथ्यांक संकलनको अन्तिम प्रतिबेदन, बालश्रम मुक्त नगर घोषणा कार्यबिधी तयार, होडिङ बोर्ड, ब्रोसियर, हाते पर्चा र प्रतिबद्धता पत्र तयार, बालश्रममा सहकार्यको लागि नक्सांकन, बालश्रम निवारण डेस्कलगायत काम भैसकेको छ ।

कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका निर्देशक प्रणराज न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कार्यपालिकाक सदस्य एवं विभिन्न शाखाका शाखा प्रमुख लगायत पत्रकारको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरपालिकाका बालमैत्री संपर्क व्यक्ति केशव बञ्जाराले नगरपालिकाले हालसम्म गरेका कार्यको बारेमा जानकारी गराएका थिए । पनौती नगरपालिका २०७८ असार ३० गते बालमैत्री नगरपालिका घोषणा भएको थियो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र