होटल रिर्साेट र विदेशमा भविष्य खोज्ने मध्यपहाडी जिल्लाका युवालाई केन्द्रीत गरेर बनेपामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरले विशेष गरेर सामान्य र मध्यम खालका परिवारका युवालाई समेटेर संञ्चालनमा ल्याइएको इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरबाट हस्पिटालिटीका सबै सेवा लिन सकिने भएको छ ।
वेटर, बारिष्टा, कुक, वार टेर्निङ, सुसी, हाउस किपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा दक्ष शिक्षकबाट मोटिभेसन विधीबाट गुणस्तरीय तालिम प्रदान गर्ने भएपछि विद्यार्थी प्रभावित भएका छन् ।
लामो समयदेखि यही क्षेत्रमा कृयाशिल अनुभवि समुहले बनेपाकै मुटु चार दोबाटोमा बुधबारबाट इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर संचालनमा ल्याएसँगै काठमाडौंसम्म हुने तालिम बनेपामै हुने भएका हुन् ।
सिटिइभिटीबाट मान्यताप्राप्त सो सेन्टर स्थापनासँगै हस्पिटालिटी म्यानेजमेन्टको सम्पुर्ण समस्याको समाधान एकै ठाउँबाट हुने भएका छन् । विदेश जानको लागि अनिवार्य आवश्यक रहेको धेरै तालिम लिनकै लागि काठमाडौंसम्म जाने बाँध्यताको अन्त्यको लागि बनेपामै इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्टको कक्षाहरु रहेका छन्।
हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरमा तालिमका लागि आवश्यक सामाग्री पर्याप्त मात्रामा उपलव्ध हुने दाबी संचालकको छ । वितग बर्षदेखि यही क्षेत्रमा कृयाशिल समुहले स्थापना गरेको हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर आकर्षक समेत छ । तोकिएको शुल्कभन्दा एक रुपियाँ पनि धेरै तिर्न नपर्ने र विद्यार्थीका लागि सबै सुविधा दिने भएकाले त्यो काभ्रे तथा आसपासका जिल्लाका विद्यार्थीका लागि निक्कै लाभदायक रहेको छ ।