मनकामना बचत तथा ऋण सहकारीमा विदाई र स्वागत कार्यक्रम सम्पन्न

बनेपा । श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि, बनेपा–५, काभ्रेपलाञ्चोकले विदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

विगत १७ वर्षदेखि सहकारीमा विभिन्न जिम्मेवारी वहन गर्दै हालसम्म प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा दिँदै आएका राजकुमार दाहाललाई संस्थाको उल्लेखनीय प्रगति र स्थायित्वमा पुर्‍याउन गरेको अतुलनीय योगदानको कदर गर्दै विशेष सम्मानसहित विदाई गरिएको हो।

बिज्ञापन

सोही अवसरमा संस्थाको नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नुभएका सिताराम तिमल्सिनालाई स्वागत गरिएको थियो। कार्यक्रममा वक्ताहरुले राजकुमार दाहालको निष्ठापूर्ण सेवा, नेतृत्व क्षमता र संस्थालाई आजको सशक्त अवस्थासम्म ल्याउन गरेको योगदानको उच्च प्रशंसा गरेका थिए।

संस्थाले दाहालको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ भने नयाँ कार्यकारी अधिकृत तिमल्सिनालाई आगामी दिनमा सहकारी अभियानलाई अझ मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै कार्य सफलताको शुभकामना दिएको छ।