काभ्रेपलान्चोक – विश्व संगीत दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंएको छ । बिश्व संगित दिवसको उपलक्ष्यमा बनेपा ब्वाइज क्लब बिबिसिले बनेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

काभ्रे जिल्लामा रहेर संगित क्षेत्रमा लागेका कृयाशिल कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारले एक दर्जन भन्दा बढी लोक गायन, नृत्य, सांगीतिक धुन पस्केर कार्यक्रमलाई संगीतमय बनाए ।

संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ।

नेपाली मौलिक संगीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका संगीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने बनेपा ब्वाइज क्लब बिबिसिका अध्यक्ष महेश कुमार कर्माचार्यले बताए ।

नेपालमा वि सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । विश्वभरको सरल र सहज भाषाको रुपमा संगितलाई लिने गरिएको छ । बनेपा पार्टी भेन्युमा बिहानै बाट सुरु भएको कार्यक्रमको व्यवस्थापन बनेपा पार्टी भेन्युले गरेको छ । कार्यक्रममा जिल्लाका कलाकारहरू, बनेपा ब्वाइज क्लब बिबिसिका पदाधिकारीहरु, सदस्यहरु, समाजसेवी, अभियानता लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र