काभ्रे । नमोबुद्ध नगरपालिका वडा नम्बर-३ बनाउने उद्देश्यका साथ वडाअध्यक्ष रमेश तिवारी र वडाका युवाहरु सरसफाई अभियानमा जुटेका छन् ।

वडालाई सफा र हराभरा बनाउँन सरसफाई अभियानमा जुटेका हुन । वडाअध्यक्ष तिवारीको हातमा हसिया र झाडु लिएर सरसफाइ गर्न युवाहरुको संयुक्त टिममा व्यस्त देखिन्थे ।

नमोबुद्ध-३ का वडाअध्यक्ष र देउराली युवा क्लबका युवाहरुको पहलमा सुरु गरिएको अभियानलाई स्फुर्त रुपमा अभियानलाई सफल बनाउँन साथ दिदै आएको वडा-३ का युवा परिक्षण हुमागाईले बताए ।

उनले भने “वडाअध्यक्षको नेतृत्वमा भएको सरसफाई अभियान अन्तर्गत नमोबुद्ध नगरपालिक-३ का श्री कालिका देवि मन्दिर, देउराली, गुम्बा र वडा कार्यलय वरीपरी सरसरसफाई गरेका छौ ।” यसलाई निरन्तरता दिएर वडालाई स्वच्छ र हराभरा बनाउने हुमागाईले बताए ।

उक्त सरसफाई अभियानमा जनप्रतिनिधीहरु, श्री भद्र दल गणका प्रमुख दीपेन्द्र अर्यालको सम्पूर्ण टीम, देउराली युवा क्लबका टीम, स्थानियहरु र वडा नम्बर-३ का युवाहरु लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..