काभ्रेपलान्चोक – सिद्धार्थ मा.बि तथा कलेजले कार्तिक २४ गते शुक्रबार तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

सिद्धार्थ मा.बिको प्रधानाध्यापक गुञ्ज प्रसाद लुइँटेलको सभापतित्वमा तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षल श्री बहादुर कार्कीले राख्नु भएको थियो भने शुभकामना मन्तव्य शिक्षक चन्द्रकुमार सुवेदीले राख्नु भएको थियो ।

कार्यक्रमको संचालन सह-प्रधानाध्यापक सुधीर न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक देउसी भैलो, नृत्य, गायन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..