बनेपा – काभ्रेको बनेपा-१० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरू पौडीमा रमाएका छन् । स्कूलले आयोजना गरेको पौडी प्रतियोगितामा सहभागी विद्यार्थीका साथै विद्यालयमा अध्ययनरत विद्यार्थी पनि पौडीमा रमाएका हुन् । 

जिल्लमा नै पहिलो पटक बनेपाको नाईटिङ्गेल एकेडेमीले पौडी प्रतियोगिता सम्पन्न गरेको छ । काभ्रेको नै पहिलो पौडी प्रतियोगिता संचालन गर्ने विद्यालय बनेको छ नाईटिङ्गेल एकेडेमी । नाईटिङ्गेल एकेडेमीले आफ्नो विद्यालयमा अध्यनरत छात्र छात्राहरु बीच छुट्टाछुट्टै प्रतियोगिता संचालन गरेको थियो ।


शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सो स्कुलले अन्तर सदनव्यापी गरेको स्विमिङ प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पौडीले आफूहरूमा छुट्टै खालको शक्ति दिएको बताए ।

जीवन रक्षाका लागि समेत आवश्यक सीपमध्येमा पर्ने पौडीको सीप सिकाउनको लागि पनि प्रतियोगिता गरिएको विद्यालयका सहायक प्रिन्सिपल उमा बस्नेतले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।


उता विद्यार्थीको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले सो प्रतियोगिता गरेको सो विद्यालयका सञ्चालक समितीका अध्यक्ष रत्न कुश रंजितकारले बताउनु भयो । उहाँले पौडीप्रति विद्यार्थीको रुचि बढाउन तथा पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूति सिकाउनसमेत सो प्रतियोगिता गरिएको जानकारी दिनु भयो ।


स्पर्धामा विजयी विद्यार्थीलाई सञ्चालक समितीका अध्यक्ष रत्न कुश रंजितकार, विद्यालयका सहायक प्रिन्सिपल उमा बस्नेत, विद्यालयको प्रथम महिला सिन्जा रंजितकार लगायतको ब्याक्तित्वहरुले मेडल वितरण गरेका थिए ।


छात्रा सिनियर बाट रितिका तिमल्सिना प्रथम , स्नेहा मानन्धर दोस्रो र सिम्रन कुँवर तेस्रो भएकि थिइन भने जुनियर बाट अंकिता थापा प्रथम, प्रेक्षा कुँवर दोश्रो त्यसैगरी आरध्या बिष्ट तेस्रो हुन सफल भएकी थिइन ।   

छात्र सिनियर बाट अंकित रंजित प्रथम, आर्यनश्री श्रेष्ठ दोस्रो त्यसैगरि निवेश बिक्रम प्रजापति तेस्रो भएका थिए । जुनियर तर्फ युजिन थापा प्रथम, सरिन बिष्ट दोस्रो त्यसैगरी जुनेश आचार्य तेस्रो भएका थिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..