बनेपा – काभ्रे जिल्ला र भक्तपुर जिल्लाको सिमाना स्थित साँगामा बस दुर्घट्ना भएको छ । सूर्यविनायक नगरपालिका–९ मा सो दुर्घट्ना भएको हो ।

काठामाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस आज दिउँसो ३ः१५ बजेको समयमा दुर्घट्ना भएको थियो । सो क्षेत्रमा रहेको पुलमुनी भिरबाट २५ किलोमिटर तल बस खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

१५ जना यात्रु सवार सो बस दुर्घट्नामा ७ जना घाइते भएको थाहा भएकाे छ । चालक भने गम्भिर घाइते रहेको उनले बताए । घाइते मध्य ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly