भकुण्डेचोक देखि नारायणथान मेच्छे सम्म सडक पिच गर्ने आयोजनाको नाम भकुण्डे माछे– मुक्पाटार– तित्रेटार – माम्दीरोड आयोजना सडक स्तोन्नतीको काम के.एस देवि रमण, तेज जु ललिपुर १५ ले २०७९ साउन १६ गते २० करोड ८९ लाखमा सम्झौता गरी २०८१ साउन १५ गते भित्रमा सक्ने भनी सम्झौता गरेको आयोजना करीब चार महिना बाँकी रहँदा काम नै नभएको भन्ने जनगुनासो र विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए । दुई बर्ष भित्रमा सक्ने भनिएको आयोजना आज २० महिना बित्दा करीब २२ प्रतिशत मात्रै काम भएको देखियो । हामीले स्थलगत अनुगमनमा सबै निकायले हेरौ । यो सडकमा ठेकेदार र सडक डिभिजन कार्यालय भक्तपुरको गैरजिम्मेवारीका कारण यो सडक अलपत्र परेको देखियो समन्वय प्रमुख गौतमले भने । यस पटक पनि यहि नै हुने अवस्था आएको थियो तर समय सिमा नसकिदै सम्बन्धी निकायबाट अनुगमन भएको र ठेकेदार कम्पनिका संचालक सचिन बजगाइले पनि असार १५ सम्म मौसमले साथ दिए सात किलोमिटर पिच गरिसक्ने र थप समस्या उत्पन्न भएमा बेस सब बेसको काम मात्र भए पनि सक्ने र अब जनतालाइ दुख नहुने आश्वासन दिए पछि अब सडक बन्ने आशा लागेको स्थानियहरुले बताएका छन ।  ठेकेदारका अनुसार ढिला हुनुमा खानेपानीको पाइप,बुद्धचित्त मालाको रुख,र बिजुलिको पोल सार्नमा समस्या पनि आएकोले केही ढिलाइ भएको स्विकार्दै अब यस्ता समस्यालाइ सबै मिलेर हल गरि छिटो काम सम्पन्न गर्ने गरि अगाडी बढिसकेको जनाएको छ ।                                                                 अनुगमनको क्रममा भकुण्डे– तेमाल सडकको १३ किलो मिटर पिच हुने भनिए पनि आज समय सिमा सकिन्न लाग्दा जम्मा २२ प्रतिशत काम भएको देखिएको थियो । सडक अनुगमनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका उपाध्यक्ष डि.एम लामा, सडक डिभिजनका प्रतिनिधि ठेकेदार कम्पनिका संचालक सचिन बजगाइ एवं विभिन्न सञ्चार माध्यमका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..