राज तिमिल्सिना / बनेपा
काभ्रेपलान्चोक – घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेको आयोजना, काभ्रे उद्योग वाणिज्य संघ तथा बनेपा नगरपालिका वडा नं. ७ को समन्वयमा हेयर कटिङ सम्बन्धि १ महिने तालिम हिजो सम्पन्न भएको छ ।

बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा उत्पादन र रोजगार समृद्धिको आधार भन्ने मुल नाराको साथमा आइतबार सम्पन्न भएको हो । उक्त तालिममा महिला १ र पुरुष १७ गरि १८ प्रशिक्षार्थीहरुको सहभागीता रहेका थियो ।भने बनेपा नगरपालिका वडा ७ का वडा सदस्य रामेश्वरि मानन्धरले कार्यक्रममा प्रसिक्षण दिनुभएको थियो । तालिममा सहभागीहरुले यस तालिम बाट ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । उनीहरुले यस्ता कार्यक्रमले बनेपाली जनताको मुहारमा खुशी ल्याएको बताए ।

उक्त कार्यक्रममा बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यले सीप सिक्नुपर्ने, आफुमा सीप भए जहाँ गएपनि जीवन सजिलै बिताउन सकिने र हामी संग सीप भए बिदेश जान नपर्ने, आफ्नै ठाउँमा पनि काम गरेर सजिलै जिबिकोपार्जन गर्न सक्ने बताए ।

काभ्रेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, बनेपा नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष हिटलर शाक्य, वडा सदस्य तथा प्रशिक्षक रामेश्वरी मानन्धर, घरेलु तथा साना उघोग काभ्रेका प्रमुख यादबनाथ आचार्य लगायतको उपस्तिथि रहेको थियो । प्रमुख अथिति शान्ति रत्न शाक्यको हातबाट प्रसिक्षार्थि लाई प्रमाणपत्र बितरण गरि कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..