दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएकि सिम्रन काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन् । उनको एक पछि अर्को गर्दै गीत संगीत बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीतमा नाम जोडे पनि दुलालको गीत करोड क्लबमा पुग्ने गरेको छ।

गीत संगीतको लामो अनुभव गर्दै गीत संगीत मै लागिरहेकी सिम्रन आज भोलि बिभिन्न कार्यक्रम तथा म्युजिक अवार्डहरु मै व्यस्त देखिने गरेकी छिन। यसै शिलशिलामा असार १६ गते सम्पन्न भएको राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रम बाट चर्चित मोडलको रुपमा सिम्रन सम्मानित भएकि हुन् ।

रिबन इन्टरटेन्मेन्ट को प्रस्तुति मा “हाम्रो अभियान,देशको गौरवलाई सम्मान” भन्ने मुला नाराका साथ “राष्ट्रिय ब्याक्तित्व तथा प्रतिभा सम्मान”-२०८० असार १६ गते राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको थियो। सम्माननीय पुर्ब उपराष्ट्रपति परमानन्द झा.ज्यू को प्रमुख आतिथ्यता र विशिष्ट अतिथि बरिष्ठ गायिका देविका बन्दना र बरिष्ठ नायक घिरेन शाक्यको साथमा कार्यक्रम सम्पन्न भएको थियो।   

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly