निर्माण व्यवसायीहरुले काम सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी र निर्माण कार्यको एकमुष्ट म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। निर्माण व्यवसायीहरुले आज (आईतबार) जिल्ला प्रशासन कार्यलय काभ्रेमा धर्ना दिदै कार्य सम्पन्न भएका योजनाहरुको रकम छिटो भुक्तानी दिन भन्दै नारा लगाएका हुन् ।

उनीहरुले विमा नर्दिेशिका २०७८ खारेज गर, उपभोक्ता समिति बाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संसोधन गर लगाएतका नारा लगाएका थिए ।

उनीहरुले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदूरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको बताएका थिए । असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुले बताए ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..