काठमाडौं : हरेक दिन दर्जन बढी म्युजिक भिडियो बन्छन् र सार्वजनिक हुन्छन् । एक प्रकारको भिडियो चल्यो भने त्यही शैली पछ्याएर भिडियो बनाउने ट्रेन्ड नै चल्छ । त्यसैले पछिल्लो समय म्युजिक भिडियोमा म्युजिक कम र स्टोरी (कथा) ज्यादा देख्न थालिएको छ । सिनेमाको झै कथा भिडियोमा बोल्ने लोभ गर्दै गर्दा सङ्गीत नै पो हरायो कि भन्ने पनि लाग्छ । तर, यो भिड भन्दा पर बिसुद्द गायन नृत्य र सङ्गीतमा ध्यान दिएर एक भिडियो तयार पारिएको छ । तिलक रामदामको “जाली रुमालैमा” गीत र भिडियो यस कारण भिड भन्दा भिन्न देखिएको छ ।

दोलालघाटमा छायांकन गरिएको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ । भिडियोमा जाले रुमालमा दाग देखेपछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ । त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै अलमल पनि परे जस्तो, दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन् ।

रामदामको शब्द सङ्गीत सिर्जना गरेको लोक तथा दोहोरी गीतमा गायक खेम सेंचुरी र गायिका किरण सिर्पालीको स्वर रहेको छ । यस गीतको सङ्गीत सम्योजन राजु सोनामले गरेका छन् भने रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यस अघि ल्याईसकेका छन् । ‘अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’- रामदामले भने।

नवलपुर जिल्लाको बुङलिङटार गाउँपालिका थामवेशी / गैंडाकोटका स्थायी बसोबास रहेका सर्जक रामदाम लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका छन् । उनी लोक तथा दोहोरी गीतमा शब्द चयन गर्नमा माहिर छन भने प्रत्यक्ष दोहोरी गायनमा पनि उतिक्कै क्षमता राख्छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..