काभ्रेपलान्चोक – ट्राफिक सप्ताहको आज छैठौं दिन जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १० दोलालघाट स्थित अरनिको राजमार्ग सडक खण्डमा संचालन हुने विभिन्न सवारी साधनका चालकहरुको स्वास्थ्य खराबीका कारण हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्न चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
बनेपा नगरपालिका वडा नं. १४ साँगा स्थित अरनिको राजमार्ग सडक र नमोबुद्ध नगरपालिका वडा नं. ०७ भकुण्डेबेशी बि.पि. राजमार्ग सडक खण्डमा अन्तर्गत सवारीको यान्त्रिक गढबढिको कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्युनिकरणको लागी उक्त सडक खण्डमा संचालन हुने विभिन्न सवारी साधनहरुको यान्त्रिक चेकजाँच गरी सचेतनामुलक स्टिकर टास गरिएको छ ।
काभ्रे जिल्लाको अन्य विभिन्न ठाउँमा सवारी साधनहरुमा स्टिकर टाँस, ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट वितरण, ट्राफिक नियम सम्बन्धि स्लोगन माईकिङद्धारा सचेतना मुलक कार्यक्रम गरिएको छ। साथै सर्वसाधरणहरुलाई माक्स वितरण, सवारी साधनका चालकहरुलाई सवारी नियमहरु लेन अनुशासन, ट्राफिक साईन, सुरक्षित ड्राईभिङ, तिब्र गतिमा सवारी चलाउनु नहुने अस्पताल, बिद्यालयमा प्रसर हर्नको प्रयोग नगर्ने,अनिवार्य का.प. साथमा बोकि सवारी चलाउने, हेलमेटको प्रयोग लगायत ट्राफिक नियम सम्बन्धि कार्यक्रम संचालन भएको छ ।