धुलिखेल, आपसी सहयोग सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने मुल नाराको साथमा श्री निजानन्द सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

बिहान १२ बजेबाट शुरु भएको १४ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष बिदुर बहादुर बस्नेतले गरेका हुन भने धुलिखेल नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बद्री प्रसाद हुमागाई प्रमुख अतिथि हुनुहुन्थ्यो । साधारणसभाको धुलिखेल नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बद्री प्रसाद हुमागाईले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बद्री प्रसाद हुमागाइले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको बताउनु भयो । उहाँले मुलुकमा भएको आर्थिक संकट अब बिस्तारै हट्दै जाने बताउनु भयो । 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार तथा नव क्षितिज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक नवराज बजगाईले शुभकामना मन्तव्य राख्दै पछिल्लो समय सहकारी संस्थामा देखिएको समस्याहरु लाई नेपाल सरकारले छिटै सम्बोधन गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय काभ्रे जिल्लाको धेरै सहकारीहरुमा आर्थिक संकट हुने संचालक फरार हुने गरेको देखिन्छ । उहाँले सबै समस्याको समाधानको लागि नेपाल सरकार र स्थानीय तह विशेष रूपमा प्रस्तुत हुने बेला आएको बताउनु भयो । 
हिमकाली सहकारीका अध्यक्ष अर्जुन बजगाई, वडा सदस्य बालकृष्ण गौतमलगाएतले सहकारीका बारेमा बोलेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामचन्द्र हुमागाईले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव राजेन्द्र हुमागाईले गरेका थिए ।


कोषाध्यक्ष रविन्द्र सिग्देलले पेस गरेको आर्थिक प्रतिवेदन, लेखा समितीका संयोजक बलराम सिग्देलले पेस गरेको लेखा समीतिको प्रतिबेदन र सचिव राजेन्द्र हुमागाईले प्रस्तुत गरेको प्रगति प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपमहामन्त्री राजु सिग्देल, काभ्रे उपशाखा सभापती राजु हुमागाईलगायत संस्थाका संचालक समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्यहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..