साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने

साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने
काभ्रेपलान्चोक - साहस उर्जा लिमिटेडले यहीँ असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने
काभ्रेपलान्चोक - हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता सकिएपछि अब आफ्नै य्ट्युब च्यानल मार्फत सार्वजनिक गरिने बताइएको छ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ बिहीबार राती ९ बजे जेपिटी क्रियसन अफीसीयल युट्युबमा सार्वजनिक हुने कलाकार कुमार कट्टेल (जिग्र...

बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’

बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’
घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला ? तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाकाो सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ । जसले बच्चा रोएको आवाज निकाल्दै कराउँछ । यसको नाम लायरबर्ड हो । मानिसको नक्कल गर्ने भएकाले यसलाई नक्कल गर्ने चरा पनि भनिन्छ । अष्ट्रेलियाको तारोङ्गा चिडियाखानाले लायरबर्डको एउटा भिडियो ट्विटरमा स...

किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र वितरण

किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र वितरण
दाप्चा (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. १० का किसानलाई अनुदानमा आधुनिक कृषि यन्त्र वितरण गरिएको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले किसानलाई कृषि यन्त्र वितरण गरेका थिए । कार्यक्रममा वडाका ८१ जना किसानलाई नमोबुद्ध नगरपालिका र वडा नं १०...

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु
काभ्रेपलान्चोक - दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । भाडा...

समाजसेवी प्रेम लामाले गरे बिनिता नेपाली लाई सहयोग, “सेवा सहयोग नै महान धर्म हो”

समाजसेवी प्रेम लामाले गरे बिनिता नेपाली लाई सहयोग, “सेवा सहयोग नै महान धर्म हो”
काभ्रेपलान्चोक - काभ्रेका युवा नेता तथा समाजसेवि प्रेम लामाले दिन दुखी लाई सहयोग गरेका छन् । लामाले बिनिता नेपालीलाई नगद रु.१० हजार सहयोग गरेका हुन् । काभ्रेको कोशिपारीमा अध्यनरत बिनिता नेपाली जनता मा.बि मा कक्षा ११ मा पढ्ने बिद्यार्थी हुन । उनी मस्तिष्क घात (टाउकोमा) समस्या भएर अहिले KMC अस्पताल काठमाडौमा ICU मा उपचार भइरहेको छ । बिनिता नेपाली को बुबाको बिगत केही बर्ष अगाडि भारतमा रेल दुर्घटना...

नेपाल सितोरियो कराते संघ काभ्रेले स्थापन दिनको अवसरमा रक्तदान कार्यक्रम

नेपाल सितोरियो कराते संघ काभ्रेले स्थापन दिनको अवसरमा रक्तदान कार्यक्रम
काभ्रेपलान्चोक - नेपाल सितोरियो कराते संघ काभ्रेपलान्चोक शाखाले स्थापन दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । असोज दुई गते शनिबारका दिन बिहान १० बजे देखि २ बजे सम्म बनेपा तिनदोबाटो नेपाल टेलिकम अगाडि गर्ने लागिएको छ । रक्त दान जीवन दान भन्ने मुल नाराका साथमा नेपाल सितोरियो कराते संघ काभ्रेले आयोजना गर्ने भएको छ । 

गित संगीत नसा नसामा बगेको छ ; गायिका आशा केसि

गित संगीत नसा नसामा बगेको छ ; गायिका आशा केसि
  काभ्रेपललाञ्चोक- गुल्मी तम्घासमा जन्मनुभएको आशा केसि आज भोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । गित संगितमा नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । कति कला भएर यस क्षेत्रमा आएका छन् भने कति कला बिना नै आएका धेरै उदाहरण देख्न सकिन्छ । सानै देखि गित गाउन रुचाउने केसि गीत सगितमै केही गर्छु भनेर २०७२ साल पछि राजधानी आएको जानकारी दिनु भयो । करिब एक दर्जन गित बजारमा आएका छन् खिस्स हास्...

देव श्रेष्ठको “ओई लुरी” चर्चामा

देव श्रेष्ठको “ओई लुरी” चर्चामा
काभ्रेपलान्चोक – पछिल्लो समय नयाँ नयाँ गित बजारमा आउने क्रम जारी छ । महिलाहरुको विशेष पर्व हरितालिका तिज पनि नजिकिदै छ । धेरै गित बजारमा सार्वजनिक भए पनि केही गितले मात्रै चर्चा कमाएका छन । केही दिन अगाडि मात्रै देव श्रेष्ठको आवाजमा “ओई लुरी” बोलको गित सार्वजनिक भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका मा जन्मिएका युवा गायक देव श्रेष्ठ यति बेला बिदेशी भुमिमा रहेका छन । बिदेशी भुमिमा रहेर...

धुलिखेल नगरपालिकाले मनायो ५७ औं बाल दिवस

धुलिखेल नगरपालिकाले मनायो ५७ औं बाल दिवस
काभ्रेपलान्चोक -  जिल्लाको धुलिखेल नगरपालिकाले ५७ औं बाल दिवस मनाएको छ । नगरपालिकाले विविध कार्यक्रम गरी बाल दिवस मनाएको हो । कार्यक्रममा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले बाल मैत्री नगरको भावना अनुसार नै नगरपालिकाले विभिन्न काम गरिरहेको बताए। उनका अनुसार नीति निर्माणदेखि बालबालिकासंग सरोकार राख्ने सबै काम बालबालिकाकै सल्लाह सुझावमा गर्दै आएको छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख...