दिनेश भण्डारी/काठमाडौं

लोकदोहोरी गायिका खत्रीले आफ्नो जीवनको भोगाइलाई समेटेर हालै मात्र जिन्दगी बर्बाद भो बोलको साँगितिक कोसेली बजारमा ल्याएकी छिन् । निकै नै कर्णप्रिय, मार्मिक शब्द संयोजनमा जीवन बर्बाद भो लोक दोहोरी गीत तयार भएको छ । गीतको म्युजिक भिडियो हालै सार्वजनिक धएको छ ।
विश्वास गरें विश्वास मै घात भो
तिम्रै कारण जिन्दगी बर्बाद भो

गायिका खत्रीको सत्य कथामा आधारित भनिएको गीतमा अमृत भारतीले शब्द कोरेका छन् । रामकुमार नेपालीको लय तथा संगीत संयोजन रहेको गीतमा गायिका खत्रीलाई स्वरमा समेत रामकुमार नेपालीले साथ दिएका छन् । बजारमा आएको छोटो समयमा नै चर्चामा आउन सफल जिन्दगी बर्बाद भो गीत आम प्रेमिल जोडीको बास्तविकतामा तयार भएको छ ।

कस्तो थिएँ जिन्दगी कस्तो भो
मेरो माया खै किन सस्तो भो

कसै गरी भएन राम्रो
भत्किगयो मायाको घर हाम्रो

प्रेमिल जोडीको पीडालाई मार्मिक ढंगले गीतमा उातरिएको छ । आफूले गरेको विश्वासमा घात हुँदा पर्ने मनोविज्ञानलाई प्रष्ट पार्न खोजिएको छ गीतमा । मायामा धोका पाउँदा जो नि रुन्छ । त्यसबाट पर्ने असर अनि पीडालाई खत्रीले गीत मार्फत उजागर गर्न खोजेकी छिन् । प्रेमिल जोडीहरुले मनोदशा गीतमा प्रष्ट देख्न सकिन्छ । गीतको भिडियोमा वबी रायमाझी र आयुष्मा कार्कीले जीवन्त अभिनय गरेका छन् । दुर्गा पौडेलले सुन्दर दृश्यहरुलाई कैद गरेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने नविन घर्ती मगरले भिडियो सम्पादन गरेका छन् ।

आफ्नै भोगाइलाई गीतमा समेटेको बताउने गायिका खत्रीले जिन्दगी बर्बाद भो विशुद्ध प्रेममा रम्न खोज्नेहरुको लागि तयार भएको बताइन् । गीतले आम संगीतप्रेमीहरुको मन जित्नेमा ढुक्क भएकी खत्री गीतमा निकै मेहनत गरेको बताउँछिन् । निकै नै उत्कृष्ट संयोजन रहेको जिन्दगी बर्बाद भो एकपटक सबैले हेर्ने कि ?

जे हुनु भो मलाई नि नलाउ दोष
बाँकी जीवन तिम्रो नि सुखद होस्
सबको सामु हेपायौ चेपायौ
मेरो जीवन बिगारी के पायौ
विश्वास गरे विश्वास मै घात भो …

 

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..