रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा अन्तर्गत ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सोमबार रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धि द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिकाको तर्फबाट गाउपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता भएको छ । वडा न १२ मा दुइवटा, वडा न १० मा २ वटा र वडा न १ मा २ वटा गरि छ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सो आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ बिद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछ । तीनवटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । सो ६ वटा आयोजनाका सम्पना गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरेको छ ।

सम्झौता कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रबक्ता वसन्तकुमार लामा लगायत नेवाका प्रतिनिधिहरू रहेका थिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..