काभ्रेपलाञ्चोक – कृष्णभक्त थापा उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँ चांगुनारायण नगरपालिका वडा नं २ दुबाकोटमा जन्मनु भएको हो । नेपाल बैक लि.मा २९ बर्ष सम्म बिभिन्न पदमा रही सेवा गरेको र बिगत २०६२ साल श्राबण देखी बैकको बनेपा शाखाबाट शाखा प्रबन्धकको पदबाट स्वेच्छिक अबकाश लिई स्थानीय बनेपाका उद्योगी ब्यापारीहरुसंग मिलेर उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था संचालनमा लागिरहेको बताउनु भयो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपाको प्रमुख कार्यकारी अधिकृतसँग गरेको कुराकानी 

 

० उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको परिचय दिनु पर्दा ?
उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाको परिचय भन्नु पर्दा यो संस्था बनेपाका स्थानीय उद्योगी, ब्यापारी, यातायात ब्यबसायी तथा अन्य ब्यक्तिहरु संलग्न भई मिति २०६२ आश्बिनबाट संचालनमा आएको र आज १८ बर्ष पुगेको छ । आज सम्म संस्थाको शेयर पुजी ५ करोड २६ लाख, शेयर सदस्यहरुको कुल बचत ७६ करोड ४८ लाख, शेयर सदस्यहरुलाई दिएको ऋण रु ७२ करोड ८९ लाख रहेको छ भने यस संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक भरी भएतापनि यसको बनेपा बाहेक अन्य ठाउंमा कुनै सेवा केन्द्र नरहेको जानकारी गराउंदछु । सहकारी सदस्य केन्द्रित संस्था भएकोले सदस्यलाई केन्द्रमा राखी सदस्यको वचतमा उचित ब्याज प्रदान गर्नुका साथै सहुलियत ब्याज दरमा ऋण प्रबाह गर्ने गरेको । संस्थाले शेयर सदस्य कल्याणकारी कार्यक्रम अन्तरगत जेष्ठ शेयर सदस्यलाई नगदबाट बर्षेनी सम्मान गर्ने गरेको, सदस्य बिरामी पर्दा उपचार खर्च दिने गरेको, शेयर सदस्यको मृत्यु हुंदा हकवालालाई मृत्युु राहत खर्च बितरण गर्ने गरेको र बाल बचत कर्ताहरुलाई बर्थडे केक प्रदान गर्ने गरेको साथै महीला तथा पुरुष शेयर सदस्यहरुको लागि स्वास्थ्य शिबीरहरु संचालन गरी बिशेषज्ञ चिकित्सकहरुद्धारा स्वास्थ्य जांच आदिको सेवा प्रदान गर्दै आईरहेको जानकारी गराउंदछु ।

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
हाल सहकारीमा देखीएका समस्याहरुमा भन्नु पर्दा सहकारी मूल्य, मान्यता, नीति, बिधिको परिपालना नगरी ब्यक्ती केन्द्रीत भई सहकारीको साधन आफुखुसी अपचलन गरेको कारण सहकारीमा समस्या आएको देखिन्छ भने निती, बिधी परिपालना गरी समुदायमा आधारित सहकारीमा कुनै समस्या भए जस्तो लाग्दैन ।

० नियमकारी निकायले सहकारी लाई नियम नगरेको हो ?
स्थानीय निकाय पालिकाहरुलाई तथा प्रदेशलाई नियमन गर्ने अधिकार प्रत्यायोजन भए पछि ती निकायबाट समयमा अनुगमन नै हुन नसकेको कारणले सोको फाइदा उठाई त्यस्ता बदमास गर्ने केही सहकारीकर्मीले सहकारी डुबाएका र हाल केही सहकारीहरुमा अनुगमन हुन थालेको आभास पाइन्छ ।

० यो अवस्थामा उत्तरदायित्व केही हुदैन ?
सदस्यको बचत जोखिममा पर्नुमा यसको उत्तरदायीत्व त राज्यका अंगहरुले लिनु पर्ने नै देखिन्छ नि ।

० उग्रतारालाई जिल्लाकै उत्कृष्ट सहकारी बनाउन के गर्दै हुनुहुन्छ ?
यस संस्था बढी महत्वकांछी भएर संचालनमा अघि बढेको छैन । यसले नियन्त्रण गर्न सक्ने क्षेत्रमा बिस्तारै कारोबार बृद्धि गर्दै लगेको र खरायो र कछुवाको दौड प्रतियोगितामा यस संस्थाले कछुवाको भुमिका निभाइरहेको छ । त्यसैले छिट्टै जिल्लाको उत्कृष्ठ सहकारी बन्ने लक्ष लिएको छैन ।
० उत्पादन बजार र बजारीकरण संस्थाले के योगदान दिदै आएको छ ?
यसमा संस्थाले खासै भुमिका निभाउन नसकेकाले भबिश्यमा योगदान गर्ने लक्ष लिएका छौ ।

० पछिल्लो समय सहकारी प्रती सबै मानिसले हेर्न दृष्टिकोण परिवर्तन भएको छ । सहकारी लाई मानिसहरुले विश्वास गर्ने छाडिसके यो अस्थामा बचत कर्ताहरुले उग्रतारा सहकारी नै किन रोज्ने पर्ने कारण ?
पछिल्लो समयमा सहकारीमा सबै मानिसको हेर्ने दृष्टिकोणमा परिबर्तन भएको छ,अबिश्वास बढेको छ,सहकारीमा धेरै मानिसहरुको बचत जोखिममा परेको छ यस अबस्थामा यस उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थालाई रोज्नुका कारण र यसका सदस्यहरु ढुक्क हुनुका कारण संस्था नीति बिधी प्रणालीमा संचलान भएको, स्थानी बजारमा स्वच्छ छबी भएका तथा राम्रो हैसियत भएका संचालकहरुको कारणले नै हो ।

० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
बैंकहरुको जस्तो धेरै नाफा कमाउने सहकारीको लक्ष हुनु हुंदैन । सहकारीले शेयर सदस्यहरुलाई केन्द्रमा राखेर मर्दा पर्दा अथबा बित्तीय र गैह्र बित्तीय सेबा सुबिधाहरु प्रचुर मात्रामा उपलब्ध गराउंदै जाने हो नकी बढी नाफा गरेर लाभांश बांढने हो । त्यसैले यस संस्थाले बचतकर्ताहरुलाई बचतको उचीत प्रतिफल दिनुका साथै सहुलियतपूर्ण ऋण प्रबाह गर्ने गरेको जानकारी गराउंदै बढी नाफामुखी हुने लक्ष नलिएको जानकारी गराउंदछु ।

० तपाईंको विचारमा काभ्रेका सबै सहकारी नीति नियममा चलेका छन् ?
यस सम्बन्धमा अरु सहकारीको बारेमा भन्न सकिदैन । तर यस सहकारी नीति, बिधि, प्रबिधी र प्रणालीमा संचालन भएको बिश्वास दिलाउंदछु ।

० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
यस सम्बन्धमा यस सस्थाले सदस्यलाई ऋण ब्यबस्थापन शुल्क एक प्रतिशत मात्र लिएर सहुलियत ब्याज दर लगाएर ऋण लगानी गर्ने गरेको जानकारी गराउंदछु 

० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
सहकारी ऐनमा राखिएका मुख्य कारोबारको बिषय सम्बन्धमा ब्यबसाय संचालन गर्न बिभिन्न कानूनहरु बाधक भएको बारे सहकारी महासंघबाट बहस पैरबी भइराखेको छ । त्यसले निकास पाउला नै । दोहोरो सदस्यता राम्रो होइन । सहकारीहरुको सर्भे गरेर जनसंख्या भन्दा सहकारी बढी हुंदा दोहोरो सदस्यता हुन गएको हो । नियमन निकायबाट सहकारीको बर्गीकरण गरी आबश्यक मात्रामा एउटै ठुलो सहकारीबाट सेवा सुबिधा दिने गरी साना सहकारीलाई अनिबार्य मर्ज गराउनु उपयुक्त देखिने र यसबाट दोहोरो सदस्यताको समस्या पनि अन्त्य हुने देखिन्छ ।

० उग्रतारा सहकारी बाट सदस्यहरुले के फाइदा लिन सकेका छन् ? सदस्यहरुले बचतमा उचित प्रतिफल प्राप्त गरी,सहुलियत ब्याजदरमा ऋण प्राप्त गरी साथै सामाजिक सेवाहरु मार्फत सुविधा पाएको ।

० युवा पुस्तालाई सहकारीमा कसरी रुची बढाउन सकिन्छ ?
सहकारीको कारोबारलाई डिजिटलाइज्ड गरेर युवा पुस्ताहरुलाई सहकारीमा आकर्षित गर्न सकिन्छ ।
० वचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थामा कुन चाहीँ बढि प्रभावकारी देखिन्छ ?
ग्रामीण भेगमा बचत ऋण भन्दा साना किसान कृषी सहकारी बढी प्रभाबकारी देखीन्छ भने सहरी क्षेत्रमा बचत तथा ऋण सहकारी नै प्रभाबकारी देखिन्छ ।

० भाबी योजनाहरु के रहेका छन् ?
निती, बिधि, प्रबिधिलाई आत्मासाथ गरी प्रणालीलाई अबलम्बन गरी सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर बृद्धिको साथै तिनीहरुको मर्म, इच्छा, चाहना अनुसार नै सहकारीलाई अगाडी बढाउने नै संस्थाको भाबी योजना रहेको छ ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
यस संस्थाको बारेमा भन्नु पर्दा , तपाईको लोकप्रिय संचार माध्यमबाट संस्थाको बारेमा तथा संस्थाले दिएका सेवा सुबिधाको बारेमा सबैलाई सुसुचित गर्न पाएकोमा नव क्षितिज साप्ताहिकलाई धेरै धेरै साधुबाद ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..