रोशी । १७ औँ विश्व रेविज दिवस २०८० को अवसर पारेर रोशी गाउँपालिकाले सप्ताहव्यापी रेविज विरुद्धको निःशुल्क खोप अभियान शुरु गरेको छ ।

बुधबारदेखि रोशी गाउँपालिकाले सप्ताहव्यापी रुपमा रेविज विरुद्धको खोप अभियान शुरु गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । रेविजको जोखिम बढेकाले सप्ताहव्यापी खोप अभियान शुरु गरेको लामाले बताए । यो अभियानमा कुकुर र बिरालेलाई रेविज बिरुद्धको खोप लगाउदा रेविज न्युनिकरण हुने विश्वास लिएको लामाको भनाई छ ।

गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार खोप अभियान शुरु गरेको पशु सेवा शाखाका प्रमुख रघुनी साहले जानकारी दिए । अभियानमा ६ सय कुकुर र विरालोलाई ६ सय डोज भ्याक्सीन लगाउने लक्ष राखेको साहले जानकारी दिए । एक वडामा ५ वटा कुकुर र विरालोलाई भ्याक्सीन लगाउने अनुमान भएपनि अपुग भएमा फेरी थप्ने साहले बताए । साहका अनुसार वडा नं. ७ मा १० गते, वडा नं. १ र २ मा असोज १२ गते, वडा नं. ३ मा १४ गते, वडा नं. ४ मा १५ गते, वडा नं. ५ मा १६ गते, वडा नं. ६ मा १७ गते, वडा नं. ८ मा १८ गते, वडा नं. ९ मा १९ गते, वडा नं. १० मा २१ गते, वडा नं. ११ मा २२ गते र वडा नं. १२ मा २३ गते खोप कार्यक्रम रहेको छ ।

प्रत्येक वडामा आवश्यकता अनुसार दुईदेखि ३ वटासम्म खोप केन्द्र राखेकोले केन्द्रसम्म आफ्नो कुकुर र विरालो ल्याएर सहयोग गर्न गाउँपालिकाले अुनरोध गरेको छ ।


तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..