राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन,देशभरका युवा व्यवसायीहरूलाई समेटिने

राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन,देशभरका युवा व्यवसायीहरूलाई समेटिने
  काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद्‍ले देशभरका युवा व्यवसायीहरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ । सञ्जालको उद्देश्य युवा उद्यमशीलता प्रवद्र्धन गर्नु, नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबिच सहकार्यको वातावरण तयार गर्नु रहेक...

देशभरका बचत तथा ऋण सहकारी संघहरूको नयाँ नियामकीय मापदण्डप्रति कडा आपत्ति

देशभरका बचत तथा ऋण सहकारी संघहरूको नयाँ नियामकीय मापदण्डप्रति कडा आपत्ति
  काठमाडौं । सहकारी क्षेत्रको संचालन सम्बन्धी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नयाँ नियामकीय मापदण्डप्रति देशभरका बचत तथा ऋण सहकारी संघहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले जारी गरेका संयुक्त विज्ञप्तिमा मापदण्डले सहकारी क्षेत्रलाई धरासायी बनाउने भन्दै तत्काल परिमार्जनको माग गरिएको छ। विज्ञप्तिमा सहकारी संस्थाहरूले देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ७३ लाखभन्द...

सुकुटेमा नदीजन्य घटना सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

सुकुटेमा नदीजन्य घटना सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न
सिन्धुपाल्चोक,— आगामी मन्सुन यामलाई मध्यनजर गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेड क्वाटर सिन्धुपाल्चोकको आयोजना तथा नेपाली सेना ईन्द्रध्वज गण, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा नदीजन्य विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । उक्त कार्यक्रम नदीजन्य सम्भावित घटनालाई मध्यनजर गर्दै काल्पनिक घटनाक्रम निर्माण गरी ...

धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास

धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास
बनेपा- धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रम बिच जेठ १७ गते मन्दिरको शिलान्यास गर्नुभयो ।   कार्यक्रममा नगर उपप्रमुख निराजन जङ्गम र धुलिखेल - ८ का वडा अध्यक्ष बिनोद गौतमले मन्दिर निर्माण कार्यमा तीब्रता दिई सम्पन्न गर्न सक्दो सहयोग पुर्‍याउने बताउनुभयो । नगर प्रमुख ब्यान्जुले मन्दिर निर्माणको लागि बजेट अभाव हुन नदिने ब...

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गत PVST Officer Schooling कार्यक्रम भव्य रुपमा सम्पन्न

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गत PVST Officer Schooling कार्यक्रम भव्य रुपमा सम्पन्न
  लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई, नेपालद्वारा लायन वर्ष २०२५/२०२६ को लागि आयोजित एकदिने PVST Officer Schooling कार्यक्रम यही जेष्ठ १५ गते (बिहिवार) काठमाडौँस्थित स्मार्ट दरबार होटल मा भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बागमती एरियाका नव नियुक्त अध्यक्ष, उपाध्यक्ष, सचिव तथाकोषाध्यक्षहरूको उपस्थितिमा, उनीहरूलाई आ-आफ्नो जिम्मेवारीप्रति थप दक्ष बनाउने उद्देश्यले नेतृत्व विक...

११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि
काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् । गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि जितेकी हुन् । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् । ताज पहिरिएपछि उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक...

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु
काभ्रे । जिल्लाको बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु गरिएको आयोजक संस्थाका अध्यक्ष परमेश्वर श्रेष्ठले जानकारी दिए । १८ वर्ष भन्दा कम उमेर समूहका केटा र केटी समूहविच हुने प्रतियोगितामा प्रथम हुनेले नगद १५...

गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं जेठ १५ । आज १८औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भई १८ वर्ष लागेको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ ...

प्रधानमन्त्रीद्वारा धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास

प्रधानमन्त्रीद्वारा धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन...

सक्सेस एब्रोड स्टडी बनेपाले जेठ २२ गते ‘एप्लिकेशन डे’को आयोजना गर्ने, सहभागी हुनेलाई विशेष छुट

सक्सेस एब्रोड स्टडी बनेपाले जेठ २२ गते ‘एप्लिकेशन डे’को आयोजना गर्ने, सहभागी हुनेलाई विशेष छुट
    बनेपा । सक्सेस एब्रोड स्टडीको बनेपा शाखाले ‘एप्लिकेशन डे’को आयोजना गर्ने भएको छ । जेठ २२ अर्थात् बिहीबार बिहानको ९ बजेदेखि कार्यक्रम सञ्चालन हुने बनेपा शाखाले जनाएको छ । कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये १०० जना विद्यार्थीलाई तयारी कक्षामा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने २० जना विद्यार्थीलाई विशेष उपहारको व्यवस्था गरिएको छ । ‘एप्लिकेशन डे’ मा कक्षा १२ को ...