भुम्लुटारका किसानलाई उन्नत जातका बाख्रा र बोका वितरण
काभ्रे – जिल्लाको भुम्लु गाउँपालिका स्थित भुम्लुटारका किसानलाई उन्नत जातका बोयर बाख्रा वितरण गरिएको छ । भुम्लु गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रम ५०% अनुदानमा बोयर ३० वटा बाख्रा र ३ वटा बोयर बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले भुम्लुटारको किसानलाई उन्नत जातको ३० वटा ...