बनेपा – काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्।

समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय होस् हर पल हर क्षण भुम्लुका जनताका हरेक दुख सुखमा सहयोगी बन्दै आएका छन्।

सानै देखि सामाजिक अभियान्ताकै रुपमा स्थानिय जनताहरुलाई कुनै न कुनै हिसावले सहयोग गर्दै आएका लामा सहयोगी मात्र हैन भिजनकारी र हरेक क्षेत्रम सफल व्यक्तिको रुपमा समेत परिचित छन् ।

जनताका दुखलाई आफ्नो दुख ठान्ने प्रेम लामाले भूकम्पपछिको अवस्था र कोरोना संक्रमणको समयमा व्यक्तिगत रुपमा मानो देखी घरको छानोसम्म दिएर आम भुम्लु बासीको मन जित्न सफल भैसकेका छन्।

कोहि अभावमा बाच्नु नपरोस् कसैलाई दुख नहोस् भन्ने धारण राख्ने उनले कोरोना सक्रमणकालमा भएको लकडाउनका कारण रोजगारी गुमाएका वा दैनिक ज्याला मजदुरी गर्ने सबैलाई ठाउँ ठाउँमा गएर खाद्यान्न समेत बाढेका थिए।

जनताको दुखमा ब्यतिगत सहयोग गरेका लामाले भुम्लुको अध्यक्ष बनेर भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्ने योजना सुनाए ।

पालिकाका आधी भन्दा बढी जनताहरु कृषि उपजमा सम्मेलित छन् । भुम्लु गाउँपालिकामा कृषि तथा पशु-पन्छिको राम्रो सम्भावना पनि भएको हुँदा आफुले किसान र कृषिलाई ध्यानमा राखी काम गर्ने बताए । उनले भने हामीले कृषि र किसानका मुद्दाहरु समेटी थुप्रै योजनहरु ल्यायका छौ र यी योजना पुरा पनि गर्नेछौं । यी योजना पूरा भएको दिन अबश्य यो पालिका पनि सुखी र समृद्ध हुनेछ ।

समाजसेवामा निकै सक्रिय लामा सानै देखि एमालेको राजनीति सँग जोडिएका व्यक्ति हुन्। उनी हाल नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य एवम् भुम्लु गाउँपालिका इन्चार्ज समेत रहेका छन् । हाल गठबन्धन रहेकोले तपाईलाई जित्न गाह्रो हुदैन भन्ने प्रश्नमा उनी भन्छन। जितमा हामीलाई समस्या हैन कसरी धेरै भन्दा धेरै मतले जित्ने अनि जितेपछि भुम्लुका जनताको बिश्वास लाई कसरी जित्ने र त्यो बिश्वासलाई अझै कसरी सम्मान गर्ने भन्ने मात्र चिन्ता रहेको बताउछन।

लामाले भने किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयस्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ । भुम्लु लाई कृषिमय बनाइ भुम्लु बासीको जिबनस्तर उकास्न कृषकमैत्री योजना लाई नेकपा एमाले भुम्लुले समेटेको छ। बीउ देखि उत्पादन बेच्ने बजार सम्म , ऋण देखि अनुदान सम्म , तालिम देखि पुरस्कार सम्म नेकपा एमाले भुम्लुको लागि कृषिनै आयस्रोतको मुला आधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ । नेकपा एमाले भुम्लु गाउँपालिका लक्ष्य नै सुनकोशीको पानी खेत बारीमा लानी बढाउने जनताको आम्दानी रहेको बताए ।

पछिल्लो समय युवा प्रति जनतामा देखिएको आकर्षण आफ्नो लागी लाभदायक हुने उनको ठम्माइ छ। भुम्लु जनताले साच्चिकै परिवर्तन खोजेकोले आफुलाई बिजयी बनाएर गाउँमा नै श्रम गाउँमा नै रोजगारीको ब्यवस्थापन कृषि लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

त्यसरी पाएको साथमा आफुले कहिले पनि भुम्लुका जनताको चाहनामा घात नगर्ने उनको प्रतिवद्वता छ। 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly