काभ्रेपलान्चोक – दृढ सङ्कल्प र सोचका धनी रत्नकुश रञ्जित कहिल्यै हार्न नजानेका पात्र हुन् । सामान्य परिवारमा जन्मिए पनि आफूलाई हार्न छुट नभएको भन्दै उनले व्यवसाय रोजे । अनेकौँ दुख हन्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे ।

रत्नकुश रञ्जित बनेपामा युवाका आइडल मात्रै हैनन् कुनै पनि पदमा अहिलेसम्म हार्न नजानेका व्यक्ति हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी दिएका रञ्जित आफैमा एउटा ब्रान्ड हुन् । जसले समृद्ध बनेपाको सपनालाई पुरा गराउने एजेण्डा बोकेका छन् ।

स्थानीय तहको निर्वाचन २०७४ बाहेक अरू सबै निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपामा यस पटक रत्नकुशको उम्मेदवारीले पुनः बनेपामा एमालेको झण्डा फ¥आउने निश्चित प्राय नै छ ।

विरासत जोगाउन नेकपा एमालेले बनेपाका युवा व्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय व्यक्तित्व रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएपछि कहिल्यै हार्न नजानेका रंजितकार जितको उन्मुख छन् ।

उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका उनलाई सबै उमेर समूहका मतदाताले निक्कै रुचाएका छन् । धेरै भन्छन् अरूलाई सहयोग गर्ने समाजसेवी रञ्जितले भ्रष्ट्राचार गर्दैन । सबैलाई समान व्यवहार गर्न रुचाउँछ ।

रत्नकुशलाई युवा देखि ज्येष्ठ नागरिकसम्मले शुभकामना सहितको आर्शिवाद दिएका छन् । सबैसँग मिलनसार बनेपाको समृद्धिको सपना उनीबाट मात्रै संभ्भव भएको मतदाताको बुझाई छ । साबिकका गाविस र नगरपालिका बिचको एकीकरणका कारण एमाले बलियो छ । त्यसमाथि युवा मेयरको रुपमा रत्नकुश पाएसँगै मतदान गर्न पाउने दिनको व्यग्र प्रतीक्षामा बनेपामा आम मतदाता छन् । उनीहरू भन्छन् रत्नकुशलाई हार्ने छुट छैन । विजयी ¥यालीमा भेट गर्नेछौ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..