काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको भुम्लु गाउँपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै भुम्लुमा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।

भुम्लुको वडा नं १, २, ३ र ४ मा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन भुम्लु गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा, उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठ, वडा अध्यक्ष/वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका थिए ।

उम्मेदवारहरु लाई स्थानीयले एमाले ले स्थानीय तहमा धेरै बिकास गरेको हुनाले भोट सुर्यमा नै हाल्ने बताएका छन् ।   

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..