काभ्रेको तेमाल गाउँपालिका नेकपा (एमाले) पार्टीको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार दिएका इन्द तामाङले वैशाख १९ गते सोमबारबाट आफ्नै जन्मथलो वडा नं. १ आधाबाटोबाट भोट माग्न शुरु गरेको छ ।

जनताको घरदैलोमा पुग्ने अभियानको शुरुवात आफ्नै जन्मथलोबाट शुरु गरेको अध्यक्षको प्रत्यासी उम्मेदवार इन्द्र तामाङले जानकारी दिनु भएको हो । उहाँको उपाध्यक्ष समतेन लामा, वडा अध्यक्ष इन्द्र अधिकारी र जिल्ला कमिटी सदस्य जेनिश लामा दोङ, नरमान लामा, लगाएतका टिम रहेका छन् ।

नेकपा (एमाले) पार्टीको बलियो संगठन रहेको वडाका रुपमा चिनिन्छन् वडा नंं १ र दुई , त्यसकारण सोही ठाउँबाट घरदैलो अभियान थालेको चुनावी इन्चार्ज जेनीश दोङले जानकारी दिएको छ ।
तेमाल गाउँपालिकामा पाँचदलको गठबन्धनले नेकपा (एमाले) सँग प्रतिस्पर्दा गर्ने छन् । चुनावी मैदानमा उत्रेका इन्द्र तामाङ नेकपा (एमाले) बाट राजनीति गरेका पुरान अनुभवी नेता हुन् । अहिलेको यो चुनावमा पाँचदलको गठबन्दनमा धेरै असन्तुष्ट व्यक्तिहरु देखा परिरहेका छन् भने नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसलाई भोट देला र ? भन्ने प्रश्न उठिरहेका छन् । यसको फैइदा तेमाल गाउँपालिकामा एमालेको तर्फबाट पालिका अध्यक्षमा उठेका इन्द्र तामाङ र उपाध्यक्ष समतेन लामाले फैइदा लिन सक्ने धेरै ब्यक्तिहरुले आकलन गरेका छन् ।

इन्द्र लामा तेमाल गाउँपालिका भित्रको एक आइडल पनि हुन् । उनलाई नचिनेका व्यक्ति कमै होला । इन्द्र तामाङको भाषणले प्रभावित नहुने गाउँका आमा बुबाहरु नहोला नै । भाषण गर्न पोख्त नेता इन्द्र लामाले चुनाव आफैले जित्ने दाबी गरिरहेको छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..