वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तीव्रता दिँदै आएको छ ।

आज भएको घर दैलो कार्यक्रममा नगरपालिकाको वडा नं. ८ मा नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल र उप प्रमुख सम्झना लामाले भेटघाट तथा चुनावी प्रचार प्रसार गर्नु भएको छ । नेकपा एमालेलाई जिताउन हुन अनुरोध समेत गरेका थिए ।
हाम्रो पार्टीलाई अत्यधिक मत दिएर जिताउनुस् हामी आगामी ५ वर्षमा नगरपालिकामा विभिन्न गुरुयोजनाको काम गरेर देखाने छौँ । हामी जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक भएर काम गर्ने छौँ ।

पाँच वर्षभित्रमा दिगो विकास लक्ष्यका सबै सूचकहरू पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, वातावरणमा र गरिबी निवारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दिगो विकास लक्ष्य पूरा गरिएको नगरको रूपमा घोषणा गर्ने नमोबुद्ध नगरपमलीकाको नेकपा एमालेका उम्मेदवारहरूले प्रतिबद्धता गरेका छन् ।
नगरपालिकाको केन्द्रदेखि सबै वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने तथा सबै वडालाई जोड्ने गरी नमोबुद्ध चक्रपथ निर्माण गर्ने योजना नमोबुद्ध नगरपमलीकाको नेकपा एमालेका उम्मेदवारहरूले प्रतिबद्धता गरेका छन् ।

नगर भित्र रहेका नागरिकहरूको सुद्ध र स्वच्छ पानी पिउने अधिकारलाई सुनिश्चित गर्न सबै वडाका सम्पूर्ण घर बस्तीमा एक घर एक धारा कार्यक्रम लागू गर्ने तथा सदैका लागि र सबैका लागि स्वच्छ खानेपानी अभियानलाई पूर्णता दिइने घर दैलो कार्यक्रममा नमोबुद्ध नगरपमलीकाको नेकपा एमालेका उम्मेदवारहरूले प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..