काभ्रे प्रेसको सल्लाहकार मोतीराम तिमल्सिना सम्मानित

काभ्रे प्रेसको सल्लाहकार मोतीराम तिमल्सिना सम्मानित
प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधामा योगदान गर्ने नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ। शनिवार बनेपामा आयोजित एक कार्यक्रममा काभ्रे प्रेस डटकमको सल्लाहकार, नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता, मदानी बिटको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायत नौ जना व्यक्तिहरूलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका छन् । प्रतिभा सम्...

जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न

जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न
  काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बनेपामा विहिबार सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्मानित ब्यत्तित्वहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका उपकुलपति डा.थापाले नेपालमा उपलब्ध शिक्षालाई ब्यवहारी, सिप र प्रविधीयुक्त बनाउने प्...

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ परेका छन् । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन
  ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था " इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए" आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ। चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप...

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न
  काभ्रेपलान्चोक – श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १४ औं बार्षिक साधारणसभा बनेपा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।   बनेपा नगरपालिकाको सभा हलमा बिहान ११ बजेबाट शुरु...

२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा

२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा
सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको Quarter-Final खेलहरुमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबरोटरी स्कुल र सैनिक आवसिय महाविधालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन । हिजो भएको पहिलो खेलमा एनपिएस सागाँ ‘ए’ ले बुढानिलकण्ठ स्कुललाई २-० गोल अन्तरले हराई सेमिफाइनलमा स्थान बनाएको छ । आयोजक टिमको पदम चौलागाई र प्रत्युस केसील...

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा
काभ्रेपलान्चोक - आर्शु स्मृति प्रतिष्ठानले छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आर्शु स्मृति प्रतिष्ठानको आयोजनामा बनेपाको चारदोबाटोमा छैठौं झण्डा दिवस मनाइएको हो। राष्ट्रिय झण्डा दिवसको अवसरमा बनेपा चारदोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा राखेर छैठौं झण्डा दिवस मनाएको हो । नितान्त सामाजिक सेवामा रहेको आर्शु स्मृति प्रतिष्ठानले चारदोबाटो चोकमा  चार वटा नै झण्डा राखेको छ । प्रतिष्ठान यो कार्य...

आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल

आइजिपी कप फुटबल प्रतियोगिता लिग चरणको खेल समाप्त, अब Quarter-Final खेल
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु समाप्त भएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, नेपाल एपिएफ स्कुल, बुडानिलकण्ठ स्कुल, ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविधालय हाई स्कुल Quarter-Final प्रवेश गरेका छन्। समुह ‘ए’ बाट ४ खेलमा सतप्रतिशत जित सहित नेप...

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न
  काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा बौद्ध वृद्धा आश्रममा भएको एकदिने दन्त शिविरमा २० जना आश्रमका आमा बुबाहरुले सेवा लिएका थिए । आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्...

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडज...