२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा
सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको Quarter-Final खेलहरुमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबरोटरी स्कुल र सैनिक आवसिय महाविधालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन ।
हिजो भएको पहिलो खेलमा एनपिएस सागाँ ‘ए’ ले बुढानिलकण्ठ स्कुललाई २-० गोल अन्तरले हराई सेमिफाइनलमा स्थान बनाएको छ । आयोजक टिमको पदम चौलागाई र प्रत्युस केसील...